bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 9
Job 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 10 →
1
[1-2] हो, यी सबै कुरा मैले अघिबाटै सुनिसकेको छु। तर मानिसले कसरी परमेश्वरसित मुद्दा जित्न सक्ला?
3
कसैले उहाँसित विवाद गर्न सक्दैन। उहाँले हजार प्रश्न सोध्न सक्नुहुन्छ, तर कसैले एउटै पनि उत्तर दिन सक्दैन।
4
परमेश्वर यति ज्ञानी र शक्तिशाली हुनुहुन्छ कि कोही मानिस उहाँको विरुद्धमा खडा हुन सक्दैन।
5
कसैलाई थाहै नदिई उहाँले पर्वतहरू हटाउनुहुन्छ र क्रोधमा उहाँले तिनीहरूलाई नष्ट गर्नुहुन्छ।
6
परमेश्वरले भूइँचालो पठाउनुहुन्छ र पृथ्वी थर्काउनुहुन्छ। पृथ्वीलाई थाम्ने खामाहरू उहाँले नै हल्लाउनुहुन्छ।
7
उहाँले बिहान सूर्य उदाउन र राती ताराहरू चम्कनबाट रोक्न सक्नुहुन्छ।
8
आकाश फैलाउनुहुँदा समुद्रको डरलाग्दो जीव-जन्तुको पिठ्युँ कुल्चनुहुँदा, कसैले उहाँलाई मद्दत गरेन।
9
उहाँले सप्तर्षि, मृगशिरा र नक्षत्रहरू अनि दक्षिणका तारा मण्डलहरू आकाशमा राख्नुभयो।
10
उहाँका महान् कार्यहरू हामी बुझ्न सक्दैनौं। उहाँका उदेकका कामहरूको अन्त छैन।
11
मेरा छेउबाट भएर परमेश्वर जानुहुन्छ, तर म उहाँलाई देख्न सक्दिनँ।
12
जे इच्छा लाग्यो, त्यो उहाँले लिनुहुन्छ; कसैले पनि उहाँलाई रोक्न सक्दैन? “यो के गरेको?” भनी कसले उहाँलाई सोध्न सक्छ?
13
परमेश्वरको क्रोध शान्त हुन्न। उहाँको विरोध गर्ने त्यो डरलाग्दो जल-जन्तु राहाबलाई सघाउनेहरू सबैलाई उहाँले नष्ट पार्नुभयो।
14
परमेश्वरलाई जवाफ दिने शब्दहरू म कसरी पाउन सक्छु?
15
म निर्दोष छु, तापनि केही गर्न सक्दिनँ; न्यायी परमेश्वरसित नै दयाको निम्ति म बिन्ती गर्दछु।
16
हुन त उहाँले मलाई बोल्न दिनुभयो भने पनि उहाँले मेरो कुरा सुन्नुहुन्छ जस्तो त मलाई लाग्दैन।
17
बिनाकारण उहाँले आँधी पठाएर मलाई चुट्नुहुन्छ र चोटै-चोट पार्नुहुन्छ।
18
उहाँले मलाई सास फेर्नसम्म पनि दिनुहुन्न; उहाँले मेरो जीवन नै तीतो पारिदिनुभएको छ।
19
के मैले परमेश्वरसित बलको तुजुक गर्नु? के मैले उहाँमाथि मुद्दा चलाउनु? कसैले उहाँलाई अदालतमा हाजिर गराउन सक्ने हो र?
20
म निर्दोष र विश्वासयोग्य छु तर मेरो बोली दोषी ठहरिन्छ, मेरै मुखको वचनले म अपराधी ठहराइन्छु।
21
[21-22] म निर्दोष छु तर त्यसले केही भिन्नता ल्याउँदैन। म जीवनसितै अघाइसकें। मलाई केही वास्ता छैन। दोषी होस् कि निर्दोषी होस्, परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ।
23
जब निर्दोष मानिस अचानक मर्छ, परमेश्वर हाँस्नुहुन्छ।
24
परमेश्वरले दुष्टहरूका हातमा संसार दिनुभएको छ। सबै न्यायकर्ताहरूका आँखा उहाँले अन्धा बनाइदिनुभएको छ। उहाँले त्यसो गर्नुभएको होइन भने अरू कसले गर्यो त?
25
मेरो आयु सकिंदै छ, तर एउटै सुदिन देखिएन।
26
अति चाँडो बग्ने डुङ्गाझैँ वा वेगसित आफ्नो शिकारमाथि झम्टने चिलझैँ मेरो जीवन बितिरहेको छ।
27
[27-28] जबरजस्ती हाँसेर आफ्नो दु:ख भुल्ने चेष्टा गरें भने पनि मैले भोगेका सबै कष्टहरू घरीघरी मलाई झस्काउन आउँछन्। म जान्दछु परमेश्वरले मलाई दोषी ठहराउनुहुन्छ।
29
उहाँले मलाई दोषी ठहराइसक्नुभएको छ। मेले किन व्यर्थमा फिक्री गर्नु र?
30
साबुनले धोएर मेरा पापहरू मेटाउन सकिंदैन।
31
परमेश्वरले मलाई मैलाको खाल्डोमा फ्याँकिदिनुहुन्छ र मेरै वस्त्रले पनि मलाई घृणा गर्छ।
32
परमेश्वर मजस्तै मानिस हुनुभए त म उहाँलाई जवाफ दिन सक्थें वा अदालतमा गई हामी मुद्दा लड्न सक्थ्यौं।
33
तर हाम्रो मुद्दा छिन्ने कोही छैन, परमेश्वरको र मेरो बीचमा न्याय गरिदिने कोही छैन।
34
हे परमेश्वर, मलाई सजायँ दिन छोड्नुहोस्! तपाईंका त्रासहरू मदेखि टाढा रहून्!
35
तब म डराउनेछैनँ। म उहाँसित बोल्नेछु किनभने म आफ्नो मन जान्दछु।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42