bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 34
Job 34
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 35 →
1
[1-2] तपाईंहरू बुद्धिमान् र चलाख हुनुहुन्छ, मेरो कुरा सुन्नुहोस्।
3
जिब्रोले चाखेर तपाईंहरूले स्वादिलो भोजन चिन्नुहुन्छ, तर कानले सुनेर पनि बुद्धिका कुरा बुझ्नुहुन्न।
4
र हामीहरूले जाँचबुझ गरी ठीक कुरा के छ, सो जानेर चुनौं।
5
“म निर्दोष छु,” अय्यूब भन्छन्, “र परमेश्वरले मेरो न्याय गरिदिनुभएन।”
6
अय्यूब भन्दछन्, “मैले दोष गरेको छु भनी म कसरी झूट बोलूँ? मरुञ्जेलसम्म घायल भए पनि मैले पाप गरेको छैनँ।”
7
सजिलैसँग परमेश्वरको विरुद्धमा ठट्टा गर्ने अय्यूबजस्तो अरू को होला?
8
उनले दुष्टहरूको सङ्गत मन पराउँछन् र पापीहरूसित हिँड्छन्।
9
उनी भन्छन् कि परमेश्वरको पक्षमा लागेर मानिसलाई केही लाभ छैन।
10
तपाईंहरूजस्तो बुज्रक मानिसले मेरा कुरा सुन्नुहोस्! के सर्वशक्तिमान् परमेश्वरले बेठीक काम गर्नुहुन्छ?
11
उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार इनाम दिनुहुन्छ। आफूले पाउन लायकको प्रतिफल उहाँले तिनीहरूलाई दिनुहुन्छ।
12
सर्वशक्तिमान् परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न। उहाँले कोहीसित कहिल्यै अन्याय गर्नुहुन्न।
13
कसले उहाँलाई पृथ्वीको जिम्मा दियो? कसबाट उहाँले अधिकार पाउनुभयो?
14
यदि उहाँले जीवनको आत्मा फिर्ता लिनुभयो भने
15
सबै जिउँदा प्राणीहरू मर्नेछन् र माटोमा नै मिल्नेछन्।
16
तपाईंहरूसित बुद्धि छ भने मेरो कुरा सुन्नुहोस्।
17
न्यायलाई घृणा गर्नेले कसरी शासनभार थाम्न सक्ला? जो धर्मी र सामर्थी हुनुहुन्छ, के उहाँलाई तपाईंहरू दोषी ठहराउनुहुन्छ?
18
दुष्ट र बेकामे राजा र शासकहरूलाई परमेश्वरले दोषी ठहराई सजायँ दिनुहुन्छ।
19
उहाँ शासकहरूका पक्षमा जानुहुन्न र गरीबका बदलामा धनीमाथि निगाह राख्नुहुन्न किनभने उहाँले सबैलाई नै बनाउनुभएको हो।
20
तिनीहरू अचानक मध्यरातमा मर्छन्, उहाँले छुनुहुँदा मानिसहरू नाश हुन्छन्। कसैले नछोई शक्तिशालीहरू लोप हुन्छन्।
21
मानिसको हरेक कदम उहाँले जाँचेर हेर्नुहुन्छ।
22
कुनै यस्तो बाक्लो अँध्यारो छैन, जसले पापीलाई परमेश्वरदेखि लुकाउन सक्छ।
23
परमेश्वरको अघि मानिसहरू न्यायको लागि खडा हुनलाई परमेश्वरले समय तोकिरहनुपर्दैन।
24
शक्तिशालीहरूलाई नाश गरेर तिनका सट्टामा अरूहरूलाई बसाल्न उहाँले जाँचबुझ गरिरहनुपर्दैन।
25
उहाँले तिनीहरूले गरेका काम जान्नुहुन्छ र राती तिनीहरूलाई विध्वंस पार्नुहुन्छ।
26
उहाँले दुष्टहरूलाई सबैले देख्ने गरी दण्ड दिनुहुन्छ
27
किनभने तिनीहरूले उहाँलाई पछ्याउन छोडेका हुन्छन् र उहाँका आज्ञापालन गरेका हुँदैनन्।
28
तिनीहरूको कारणले दरिद्रहरूका पुकार परमेश्वरको कानमा पुग्दछ र उहाँले दरिद्रले सहायताको लागि गरेको पुकार सुन्नुहुन्छ।
29
उहाँ चुप भई बस्नुभए उहाँलाई कसले दोष लाउन सक्छ? आफ्नो मुहार लुकाउनुभए कुन जातिले वा कुन मानिसले वा कसले उहाँलाई देख्न सक्ला?
30
तब परमेश्वर नमान्ने मानिसले शासन गर्दै मानिसलाई थिचोमिचो गरे, कुनै देश वा मानिसले केही गर्न सक्दैन।
31
अय्यूब, तपाईंले आफ्नो पापको पश्चात्ताप गर्नुभएको छ? अनि अब उसो पाप गर्नेछैँन भनी प्रतिज्ञा गर्नुभएको छ?
32
परमेश्वरले तपाईंका पापहरू देखाइदिऊन् भनी तपाईंले उहाँलाई बिन्ती गर्नुभयो? ती त्यस्ता पापहरू दोहोर्याउनेछैन भनी भन्नुभयो?
33
तपाईं परमेश्वरको काममा आपत्ति गर्नुहुन्छ भने के उहाँले तपाईंको मनको इच्छा पुर्याइदिऊन् भनी आशा गर्नुहुन्छ? यो त तपाईं आफैंले निर्णय गर्नुपर्छ, मैले गर्नुपर्ने कुरा होइनँ। तपाईंको जवाफ के हो?
34
कुनै पनि विवेकी मानिसले यो कुरा मान्नेछ, मेरा कुरा सुन्ने कुनै पनि बुद्धिमान् मानिसले यसो भन्नेछ,
35
अय्यूबले त ज्ञानबिनाका कुरा गर्छन्, उनले भनेका कुराको केही अर्थ हुँदैन।
36
अय्यूबले भनेका कुरा विचार गरेर सोच्नुहोस्, दुष्टले जस्तो उनी बोल्छन्।
37
उनले पाप मात्र नगरी त्यसमाथि विद्रोह पनि गर्छन्। गिल्ला गर्दै र थपडी मार्दै उनले परमेश्वरको विरुद्धमा अझ धेरै बोल्छन्।
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42