bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 31
Job 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 32 →
1
मैले कुनै नारीलाई कुविचारले नहेर्ने गम्भीर प्रतिज्ञा गरेको छु।
2
स्वर्गबाट परमेश्वरले मलाई छुट्ट्याई दिनुभएको भाग के हो? सर्वशक्तिमान्ले माथिबाट दिनुभएको अंश के हो?
3
उहाँले खराबी गर्नेहरूका निम्ति विनाश र विपत्ति पठाउनुहुन्छ।
4
के उहाँले मेरो हरेक काम देख्नुहुन्न र? के उहाँले मेरो हरेक कदम आफ्नो नजरमा राख्नुहुन्न र?
5
म किरिया खाएर भन्छु, “मैले कहिल्यै दुष्ट्याइँको काम गरेको छैनँ, कहिल्यै कसैलाई छलेको छैनँ।”
6
परमेश्वरले मलाई न्यायको तराजुमा जोखून् र उहाँले मलाई निर्दोष पाउनुहुनेछ।
7
यदि मेरो पाइला सोझो बाटोबाट तर्किएको छ भने वा आँखाको कुइच्छाअनुसार मेरो मन चलेको छ भने र मेरा हातमा पापका दाग लागेको छ भने
8
मैले रोपेको अन्न अरूले खाऊन् र मेरा बाली नष्ट भएर जाऊन्।
9
यदि मेरो मन छिमेकीको स्वास्नीतिर गएको भए र त्यसको घरका ढोकामा मैले त्यसलाई ढुकेर बसेको भए
10
मेरी स्वास्नी अर्को मानिसको कमारी भइजाओस् र अर्कै मानिससित त्यसका ओछ्यानमा सुतोस्।
11
यस्ता दुष्कर्मका निम्ति प्राण दण्डको सजायँ हुनुपर्छ।
12
त्यो नाश पार्ने नरकको आगोझैँ हुनेछ, त्यसले मेरो सम्पूर्ण बाली जरैसमेत भस्म पार्नेछ।
13
मेरा कमारा-कमारीले मेरो विरुद्धमा गुनासो गर्दा मैले तिनीहरूको उजुर सुनेर तिनीहरूसित निसाफ गरेको छु।
14
मैले त्यसो नगरेको भए परमेश्वर देखा पर्नुहुँदा म कसरी उहाँको अघि उभिन सक्छु? उहाँ मेरो न्याय गर्न आउनुहुँदा मैले के जवाफ दिनु?
15
जुन परमेश्वरले मलाई बनाउनुभएको हो, के उहाँले नै कमारा-कमारीहरूलाई पनि बनाउनुभएको होइन र?
16
मैले कहिल्यै गरीबहरूलाई मद्दत दिन इन्कार गरिन, न त विधवाहरूलाई निराशमा जिउन दिएँ।
17
न त आफूले खाँदा टुहुरा-टुहुरीहरूलाई भोकै राखें।
18
सारा जीवनभरि मैले ती टुहुरा-टुहुरीहरूलाई बुबाले झैँ हुर्काएको छु।
19
मैले कसैलाई कुनै कुरा अभाव भएको वा लुगाफाटा किन्न नसक्ने गरीब अवस्था भएको देख्दा
20
मेरो आफ्नो भेडाको ऊनले बनेका वस्त्र मैले उसलाई दिने गर्थें र उसले मलाई पूरा हृदयले प्रशंसा गर्थ्यो।
21
अदालतमा आफूले मद्दत गर्न सक्ने भए पनि मैले कुनै टुहुरा-टुहुरीको विरुद्धमा हात उठाएको भए,
22
काँधबाट मेरो पाता खसोस् र जोर्नीबाट मेरो पाखुरा खुस्कोस्।
23
किनभने मलाई परमेश्वरबाट आइलाग्ने विनाशको डर लागेको हुनाले मैले त्यस्तो काम कहिल्यै गरिनँ।
24
मैले धनमा कहिल्यै भरोसा राखिनँ,
25
न त धन-सम्पत्तिमा कहिल्यै घमण्ड गरें।
26
मैले सूर्यको प्रताप वा चन्द्रमाको सुन्दरतालाई कहिल्यै पूजा गरेको छैनँ,
27
न त तिनलाई भक्ति चढाउँदै आफ्नो हात चुमेको छु।
28
त्यसो गर्नु एउटा मृत्युदण्ड पाउने योग्यको भारी पाप हुनेथियो किनभने त्यस्तो पापले सर्वशक्तिमान् परमेश्वरलाई अस्वीकार गर्छ।
29
के मेरा शत्रुले दु:ख पाएको देख्दा, वा त्यसको विनाश हुँदा म खुसीले रमाएको छु र?
30
अँहँ, तिमीहरू मरुन् भनी मैले कहिल्यै पनि सराप दिइनँ।
31
मेरो पालोमा काम गर्ने मानिसहरूले जान्दछन् कि सधैँ म परदेशीलाई अघाउञ्जेल भोज खुवाउँदछु।
32
मैले यात्रीहरूलाई आफ्नो घरमा लैजान्थें र कहिल्यै तिनीहरूलाई राती सडकहरूमा सुत्न दिदैंनथें।
33
मानिसहरूले आफ्ना पाप लुकाउने चेष्टा गर्छन्, तर मैले भने मेरा पाप कहिल्यै लुकाइनँ।
34
मानिसहरूले के भन्लान् भन्ने डर मलाई कहिल्यै लागेन। तिनीहरूले गिल्ला गर्लान् भन्ने डरले म कहिल्यै चुप लागेर बसिनँ वा घरभित्र रहिनँ।
35
मेरा कुरा के कसैले सुन्दैन? म किरिया खाई भन्छु कि मेरा एकएक कुरा सत्य छन्। म चाहन्छु कि सर्वशक्तिमान् परमेश्वर आफैंले यी कुराका जवाफ देऊन्। मेरो विरुद्धमा बैरीहरूले दोष-पत्र लेखेको र ती मैले देखेको भए,
36
म घमण्डसाथ ती काँधमा बोकेर हिँड्नेथिएँ र मुकुटसरि शिरमा लाउने थिएँ।
37
म परमेश्वरलाई मेरा सबै काम बताउनेथिएँ र उहाँको अघि आफ्नो शिर ठाडो राख्नेथिएँ।
38
मैले नै खनजोत गरेको जमिन मैले चोरेको भए र त्यसका हकवाला मालिकबाट त्यो खोसेको भए,
39
त्यसमा अन्न उब्जाउने किसानहरूलाई भोकै राखेर त्यसका अन्न मैले खाएको भए,
40
त्यस जमिनमा गहुँ र जौका सट्टामा काम नलाग्ने झारपात र काँडे बोटहरू उम्रिजाउन्। अय्यूबले भन्ने कुराहरू सिद्धियो।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42