bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Job 41
Job 41
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 42 →
1
के डरलाग्दो जल-जन्तुलाई तँ बल्छीले समात्न सक्छस्? वा त्यसको जिब्रो डोरीले बाँध्न सक्छस्?
2
के तैँले त्यसको नाक छेडेर डोरी लाउन सक्छस्? वा त्यसका बङ्गारामा बल्छी लाउन सक्छस्?
3
के त्यसले आफ्नो छुटकाराको निम्ति तँसित बिन्ती गर्ला? तँसित दयाको निम्ति भिक्षा माग्ला?
4
के त्यसले तँसित सम्झौता गर्ला र सधैँभरि तेरो कमारो हुने प्रतिज्ञा गर्ला?
5
चरालाई खेलाएझैँ के तँ त्यसलाई खेलाउन सक्लास्? वा त तेरा स्त्रीहरूको निम्ति त्यसलाई पेटीले बाँधेर राख्न सक्लास्?
6
के जलाहारीहरूले त्यसको दाममा भाउ कसाकस गर्लान् वा व्यापारीहरूले बेच्न त्यसलाई भाग-बन्डा लाउन सक्लान्?
7
के तैँले त्यसको छालामा माछा मार्ने अंकुसे गाड्न सक्लास्? वा त्यसको टाउको भालाले छेड्न सक्लास्?
8
यदि तैँले एक फेर त्यसलाई आफ्नो हातले छोइस् भने फेरि दोस्रोपल्ट त्यसो गर्नेछैनस्। त्योसित भएको लडाइँ तैँले कहिल्यै भुल्नेछैनस्!
9
त्यसलाई जित्ने कसैको आशा हुँदैन, त्यसलाई देख्दा नै मानिस जमिनमा लडिजान्छ।
10
त्यसलाई बिच्क्याउँदा त्यो कति डरलाग्दो हुन्छ। झन् मेरो अघि को खडा रहन सक्ला र?
11
मैले तिर्नुपर्छ भनी कसले मेरो विरुद्धमा दाबी गर्न सक्छ? स्वर्गमुनिका सबै थोक मेरै हुन्।
12
जल-जन्तु लिव्यातन्का खुट्टाहरू र त्यसका बल र सुन्दर बनावटबारे म नभनिरहन सक्दिनँ।
13
कसैले त्यसको बाहिरी पोशाकलाई उतारिदिन सक्दैन, न त त्यसको कवचजस्तो छाला छोड्न सक्छ?
14
डरलाग्दा दाँतका लहरले घेरेको त्यसको बङ्गारा कसले खोल्न सक्छ?
15
छेउ-छेउमा ढालै-ढाल राखी एकसँग जोडेर बनाएको त्यसको ढाड अत्यन्त कडा छ।
16
ती एउटासित अर्को यसरी खापैखाप जोडिएका छन् कि तिनका बीचबाट हावा पनि छिर्न सक्दैन।
17
ती एक दोस्रोसित यसरी टाँसिएर बसेका छन् कि कसै गरे पनि तिनीहरू छुट्टिन सक्दैनन्।
18
त्यसले छिउँ काड्दा ज्योति निस्कन्छ र त्यसका आँखा झुल्कने घामजस्तै चम्कन्छन्।
19
त्यसको मुखबाट आगाको ज्वाला र झिल्का निस्कन्छन्।
20
आगोमाथि उम्लिरहेको खड्कुँलोबाट बाफ निस्केझैँ त्यसका नाकबाट धुवाँ निस्कन्छ।
21
त्यसको सासले आगो दनदनाउँछ, त्यसको मुखबाट ज्वाला निस्कन्छ।
22
त्यसको बल त्यसको घिच्रोमा छ, त्यसका सामुन्ने पर्नेहरू साह्रै डराउँछन्।
23
त्यसको शरीर अरू जनावरको भन्दा चाम्रो हुन्छ, त्यो धातुजस्तै कडा र नदबिने हुन्छ।
24
त्यसको छाती ढुङ्गाजस्तै कडा र जाँतोको तल्लो पाटाजस्तो बलियो हुन्छ।
25
त्यो खडा हुँदा बलिया मानिसहरू पनि डराउँछन्, त्यो हल्लँदा तिनीहरू तर्सन्छन्।
26
तरवार, भाला, काँड, बर्छा वा कुनै हात-हतियारले पनि त्यसलाई चोट पार्न सक्दैन।
27
त्यसको निम्ति फलाम परालजस्तै अनि काँसाचाहिँ कुहेको काठजस्तै हुन्छन्।
28
काँडले त्यसलाई धपाउन सकिंदैन। घुयेंत्रोले हानेको ढुङ्गा त्यसको निम्ति भुससरह हो।
29
मुङ्ग्रो त्यसका निम्ति परालको टुक्राजस्तो मात्र हुन्छ। त्यसलाई भालाले हान्दा त्यो हाँस्छ।
30
त्यसको पेटमुनिका खपटाहरू दाँतजस्तै हुन्छन् र अन्न चुट्ने दाँतीले जस्तै त्यसले हिलोमा गहिरो डाम छोडिराख्छ।
31
त्यसले समुद्रको पानीलाई कराइको उम्लेको पानीझैँ उफार्छ र भाँडामा मलम घोलेझैँ घोल्छ।
32
त्यो हिँडेको ठाउँमा चहकिलो गोरेटो छोडिराख्छ र समुद्रलाई बुढो मानिसको टाउकोमा सेता केश फुलेझैँ फिँजै-फिँज पारिदिन्छ।
33
पृथ्वीमा त्यसको बराबरी कुनै जनावर छैन। डर भन्ने कुरा त्यसलाई थाहै छैन।
34
ठूला-ठूला जन्तुहरू पनि त्योसित डराउँछन्। त्यो त वन-पशुहरू सबैको राजा हो।
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42