bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 1
Song of Solomon 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 2 →
1
सोलोमनका सर्वश्रेष्ठ गीतहरू यी हुन्:
2
तिम्रा ओठले मलाई चुम्बन गर्नेछन्, तिम्रो प्रेम दाखमद्यभन्दा उत्तम छ।
3
तिम्रो सुगन्धले मुग्ध पार्नेछ, तिम्रो नामैमा मात्र पनि सुगन्ध छ। तिमीलाई प्रेम नगरी कुनै स्त्री रहन सक्दिन।
4
तिमीसित मलाई लैजाऊ, हामी भागेर जाऔँ, मेरा राजा होऊ र मलाई तिम्रो कोठामा लैजाऊ। हामी सँगसँगै आनन्द गर्नेछौं, मद्यको गुण-गानभन्दा धेरै तिम्रो प्रेमको गुण-गान गर्नेछौं। सबै स्त्रीहरूले तिमीलाई प्रेम गर्छन्, त्यसमा आश्चर्य मान्ने केही कुरा छैन!
5
हे यरूशलेमकी स्त्रीहरू हो! म श्याम वर्णकी भए पनि सुन्दरी छु, केदारका मरु-भूमिका पालजस्ता कालो, तापनि सोलोमनको महलका पर्दाझैँ सुन्दर।
6
घामले डढेर म काली भएकी छु, त्यसकारण मलाई अवहेलना नगर। मेरा दाजुभाइहरू मसित रिसाएका थिए र मलाई तिनीहरूले दाखबारीमा काम गर्न लाए। मैले आफ्नै स्याहार गर्ने समय पाइनँ।
7
हे मेरा प्रियतम, मलाई भन— आफ्ना भेडा-बाख्रा चराउन तिमी कहाँ लैजानेछौ? दिउँसोको घामबाट तिनीहरूले कहाँ विश्राम गर्नेछन्? र अरू गोठालाहरूका बगालमा मैले तिमीलाई खोजेर हिंड्न पर्नेछैनँ।
8
हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, के त्यो ठाउँ तिमी चिन्दैनौ? भेडा-बाख्राका बथानलाई पछ्याउँदै जाऊ र गोठालाहरूका पालछेउ आफ्ना बाख्राहरू चराऊ।
9
ए मेरी प्रियतमा, फारोका रथका घोडीसँग म तिम्रो तुलना गर्दछु।
10
तिम्रो केश तिम्रा गालामा झर्दा सुन्दर देखिन्छ र त्यो तिम्रा गला रत्नहारले सजिएको छ।
11
चाँदीले जडिएको सुनको सिक्री हामी तिम्रो निम्ति बनाउनेछौं।
12
मेरा राजा, आफ्नो पलङमा पस्रिरहेका थिए र मेरो अत्तरको सुवासना सर्वत्र फैलियो।
13
मेरा प्रियतम मेरो छातीमा ढल्कँदा मूर्रका सुवासना उठ्दछ।
14
(मेरा प्रियतम एन-गदीका दाखबारीमा फुल्ने बन-फूलजस्तै छन्।)
15
ए मेरी प्रियतमा! तिमी कति सुन्दरी छ्यौ! तिम्रा आँखा ढुकुरका जस्ता छन्!
16
मेरा प्रियतम, तिमी कति सुन्दर छौ! तिमीले मलाई कति प्रसन्न गराउँदछौ! हरियो घाँस हाम्रो ओछ्यान हुनेछ।
17
देवदारु हाम्रा घरका दलिनहरू हुनेछन्, सल्लाका रूखहरू हाम्रा छाना हुनेछन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8