bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 4
Song of Solomon 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 5 →
1
मेरी प्रियतमा, तिमी कति सुन्दरी छ्यौ! घुम्टोभित्र तिम्रो आँखा ढुकुरझैँ छ। गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ तिम्रो केश नाचिरहेको छ।
2
भर्खरै ऊन कत्रेर नुहाएका भेडाहरूझैँ तिम्रा दाँतहरू सेता छन्। ती पूर्ण छन् र सबै खुब मिलेका छन्।
3
तिम्रा ओठ राता रिबनझैँ छन्, तिमी बोल्दा ती कति सुन्दर देखिन्छन्। घुम्टोभित्र तिम्रा गाला चम्केका छन्।
4
तिम्रो गला दाऊदको धरहराझैँ गोलो र चिल्लो छ। गलामा एउटा हार छ, जो हजार वटा ढाल झुण्ड्याएझैँ देखिन्छ।
5
मृगका दुई पाठा लिली-फूलका बीचमा चरेझैँ तिम्रा दुई स्तन देखिन्छन्।
6
बिहानको बतास नचलेसम्म, अँध्यारो नहटेसम्म म मूर्रको पहाडमा, सुगन्ध धूप भएको डाँडामा पर्खनेछु।
7
तिमी कति सुन्दरी छ्यौ, मेरी प्रियतमा, तिमी केही कलङ्क नभएकी सुन्दरी!
8
मेरी दुलही, लेबनानबाट, लेबनानका पर्वतबाट, मसँग आऊ, अमाना पर्वतको टाकुराबाट, सिंह र चितुवा बस्ने सेनीर र हेर्मोन डाँडाबाट तिमी झरेर आऊ।
9
हे मेरी प्रियतम, मेरी दुलही, तिम्रा आँखाको एक झलक र तिम्रो गलाको रत्नहारले मेरो हृदय मोहित पारेको छ।
10
हे मेरी प्रियतम र दुलही, तिम्रो प्रेममा म आनन्द पाउँदछु, तिम्रो प्रेम दाखमद्यभन्दा मीठो छ, तिम्रो अत्तर सबै मसलाभन्दा अझ धेरै सुगन्धित छ।
11
मेरी प्रियतमा, तिम्रा ओठ महझैँ मीठा छन्, तिम्रो जिब्रो मेरो निम्ति मह र दूधझैँ मीठो छ। तिम्रो वस्त्रमा लेबनानको सुगन्ध भरिएको छ।
12
मेरी प्रियतमा, मेरी दुलही पर्खालले घेरेको बगैँचा र कसैको निजी फोहोराजस्तै हो,
13
जहाँ फलका बोटहरू प्रशस्त फुल्छन्-फल्छन्, ती अनारका बगैंचामा फल फलेझैँ सप्रन्छन् र असल फलहरू फल्दछन्। नङमा लाउने रङ्ग, जटामसी,
14
केशर, बोझो, दालचीनी र हरेक प्रकारको धूपको केही कमी छैन। त्यहाँ मूर्र र घिउ-कुमारी, सबै किसिमका सुगन्धित बोटहरूसमेत उम्रन्छन्।
15
मूल फुटेर निस्केका र खोलाका पानीले र लेबनानका डाँडाबाट झर्ने पानीका धारले त्यस बगैँचालाई भिजाउँदछ।
16
हे उत्तरी बतास, उठ्, हे दक्षिणी बतास, मेरो बगैंचामा बह र बतासमा सुगन्ध भरिदे। मेरा प्रियतम, आफ्ना बगैंचामा आऊन्! र असलभन्दा असल फलहरू खाऊन्!
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8