bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 3
Song of Solomon 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 4 →
1
हरेक रात सुत्दा, मैले मेरा प्रियतमलाई सपनामा देख्थें, मैले उनलाई खोज्दथें तर भेट्टाउँदैनथें।
2
मैले सहर चाहारेर हेरें, त्यसका गल्ली र चोकतिर चाहारें। मैले मेरा प्रियतमलाई खोजें तर उनलाई भेट्टाइनँ।
3
सहरमा गस्ती लाउने प्रहरीहरूले मलाई देखे। मैले तिनीहरूलाई सोधें, “के तपाईंहरूले मेरा प्रियतमलाई देख्नुभयो?”
4
तिनीहरूलाई छोडेर केही हिंडेको मात्र थिएँ मैले मेरा प्रियतमलाई भेटें। मैले उनलाई समातें, मेरी आमाको घरमा, अँ, म जन्मेको कोठामा नपुर्याएसम्म मैले उनलाई छोडिनँ।
5
हे यरूशलेमका स्त्रीहरू हो! मसँग वाचा बाँध, मृग र हरिणीका नाममा शपथ खाएर भन कि हाम्रा गहिरो प्रेममा हामीलाई बाधा नदेओ।
6
व्यापारीहरूले बेचेका धूपझैँ धूप र मूर्रका सुगन्धले भरिएको मरु-भूमिबाट आउने यो धुवाँको मुस्लोजस्तो के हो?
7
राजाका पालकीमा चढेका सोलोमन आउँदै छन्, साठी जना इस्राएलका सबैभन्दा असल योद्धाहरूका अङ्ग-रक्षकको झुण्ड उनीसित आएका छन्।
8
तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, लडाइँमा परिपक्व भएका लडाकाहरू हुन्। हरेकको हातमा तरवार छ र राती हमला हुन्छ कि भनी पहरा दिंदै छन्।
9
सोलोमन राजाले लेबनानको काठले आफ्नो पालकी बनाएका हुन्।
10
पालकीका खम्बाहरू चाँदीले मोहोरेका छन् र अडेस लाग्ने ठाउँ सुनले बनिएको छ। त्यसका बस्ने आसन यरूशलेमका स्त्रीहरूले प्रेमसाथ बुनेका बैजनी लुगाले ढाकिएको छ।
11
हे सियोनका स्त्रीहरू हो, आओ र सोलोमन राजालाई हेर। उनकी आमाले उनका विवाहको दिन, आनन्द र हर्षको दिन, उनलाई लाइदिएको मुकुट उनको शिरमा छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8