bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 5
Song of Solomon 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 6 →
1
हे प्रियतमा! मेरी दुलही! म आफ्नो बगैंचामा पसेको छु; म मेरा मसला र मूर्र बटुल्दै छु। म मह र चाकासितै खाँदै छु; अनि दाखमद्य र दूध पिउँदै छु। खाओ, प्रियहरू हो र पिओ, प्रेमले नअघाउञ्जेलसम्म पिओ!
2
म सुत्दा मेरो मन त जागै रहन्थ्यो, मेरा प्रियतमले दैलो ढक्ढक्याएको सपनामा मैले देखें। मेरी प्रियतमा, मेरी प्राण-प्रिये, मेरी ढुकुर, मलाई भित्र आउन देऊ। शीतले मेरो शिर भिजेको छ, कुइरोले मेरो केश चिसो भएको छ।
3
मैले आफ्ना लुगा फुकालिसकें, किन मैले फेरि ती लाउनू र? मैले खुट्टा धोइसकें, किन फेरि ती मैला पार्नू?
4
मेरा प्रियतमले दैलोमा हात राखे, उनीछेउ आउँदा म उत्तेजित भएँ।
5
उनलाई भित्र पस्न दिन म तयार थिएँ, मैले दैलाको आग्लो समातें, त्यस बेला मेरा हातमा मूर्र लागेको थियो र मेरा औंला मूर्रको रसले भिजेका थिए।
6
मैले आफ्ना प्रियतमको निम्ति दैलो खोलें, तर उनी त गइसकेका थिए! मैले कति उनको स्वर सुन्न चाहँन्थें! मैले उनलाई खोजें तर भेट्टाउन सकिनँ, मैले उनलाई बोलाएँ तर केही जवाफ पाइनँ।
7
सहरमा गस्ती लाउने प्रहरीहरूले मलाई भेटे, तिनीहरूले मलाई कुटे र चोटै-चोट पारे, सहरका पर्खालहरूका पहरादारहरूले मेरो खास्टो लगे।
8
हे यरूशलेमका स्त्रीहरू हो, मसित वाचा बाँध, मेरा प्रियतमलाई भेट्यौ भने म उनको प्रेमले विह्वल भएकी छु भनी उनलाई भनिदेओ।
9
हे परमसुन्दरी, के तिम्रा प्रियतम अरूभन्दा भिन्नै छन्? तिनमा यस्तो अचम्मको कुरा के छ र? त्यसको लागि हामीले तिमीसित वाचा बाँध्नुपर्छ?
10
मेरा प्रियतम सुन्दर र बलिया छन्, उनी दश हजारमा पाइने एक जना पुरुष हुन्।
11
उनको चेहरा गहुँ-वर्णको र चिल्लो छ; र केश घुम्रिएको र कागझैँ कालो छ।
12
उनका आँखा खोलाको छेउमा भएको ढुकुर, दूधमा नुहाएको र खोलाको किनारमा उभिएका ढुकुरझैँ सुन्दर छन्।
13
ओखती र मसलाहरूले भरिएको बगैंचाझैँ सुन्दर उनका गाला छन्। मूर्रको रसले भिजेका लिली फूलझैँ उनका ओठ छन्।
14
उनका हातको बनावट सुन्दर छ र औंलामा रत्न जडेका औँठीहरू लाएका छन्। उनको शरीर नीर जडेको हस्ति-दन्तझैँ चिल्लो छ।
15
उनका तिघ्रा सुनका खोपिल्टामा राखिएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन्, उनी लेबनानका अग्ला देवदारुले भरिएका पर्वतजस्तै गौरवशाली छन्।
16
उनको ओठमा मिठास छ, उनका सबै कुराले मलाई मोहित पार्दछन्। हे यरूशलेमका स्त्रीहरू हो, मेरा प्रियतम यस्तै छन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8