bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 8
Song of Solomon 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
1
एउटै आमाको दूध खाई हुर्केका, तिमी मेरा साख्खै दाजु हुँदा हौ ता बाटोमा भेट हुँदा पनि म तिमीलाई म्वाइँ खानेथिएँ, र कसैले केही आपत्ति गर्ने थिएन।
2
तिमीलाई म मेरी आमाको घरमा लैजानेथिएँ र त्यहाँ तिमीले मलाई प्रेम गर्न सिकाउने थियौ। म तिमीलाई मसला हालेको दाखमद्य, अँ, दारिमबाट बनेको मद्य पिउन दिनेथिएँ।
3
तिम्रो देब्रे हात मेरो शिरमुनि छ र दाहिने हातले मलाई माया गर्दै मुसार्दछ।
4
हे यरूशलेमका स्त्रीहरू हो, मसित वाचा बाँध कि हाम्रा प्रेमको निद्राबाट तिमीहरूले हामीलाई जगाउनेछैनौ।
5
आफ्ना प्रियतमको हात समातेर त्यो मरु-भूमिबाट आउने को हो? स्याउको रूखमुनि मैले तिमीलाई निद्राबाट जगाएँ, तिमी जन्मेकै ठाउँमा मैले त्यसरी तिमीलाई जगाएँ।
6
तिम्रो हृदयमा मेरो प्रेम छोडी अरू कसैलाई ठाउँ नदेऊ, तिम्रो अँगालोमा मबाहेक अरू कसैलाई नलेऊ। प्रेम मृत्युजस्तै बलियो छ, तिर्सनाचाहिँ त्यस्तै शक्तिशाली छ। त्यो ज्वाला भई निस्कन्छ र दन्केको आगोझैँ दन्किन्छ।
7
पानीले त्यसलाई निभाउन सक्दैन। बाढीले त्यसलाई डुबाउन सक्दैन। कुनै मानिसले धन दिएर प्रेम किन्ने चेष्टा गर्यो भने त्यसले तिरस्कार दिएर मात्र पाउनेछ।
8
हाम्रो एउटी सानी बहिनी छे, उसका स्तन उठेका छैनन्। कोही ठिटो त्यसलाई फकाउन आए हामीले के गरौं?
9
त्यो पर्खाल भएकी भए त हामी त्यसमा चाँदीको धरहरा बनाउनेथियौं। त्यो ढोका भएकी भए त हामी देवदारुका फल्याकले बारेर त्यसको रक्षा गर्नेथियौं।
10
म पर्खाल हुँ, मेरा स्तन त्यसका धरहरा हुन्। मेरा प्रियतमले जान्दछन् कि म उनीसित तृप्ति र शान्ति पाउँछु।
11
बाल-हामोन भन्ने ठाउँमा सोलोमनको एउटा दाखबारी छ। किसानहरूले त्यो भाडामा लिएका छन् र प्रत्येकले उनलाई एक हजार चाँदीका सिक्का दिन्छ।
12
सोलोमनले ती हजार चाँदीका सिक्का लैजाऊन्, ती किसानहरूले दुई सय सिक्का लेऊन्, मेरो त आफ्नै दाखबारी छ।
13
मेरी प्रियतमा, बगैंचामा म तिम्रो सोर सुन्न पाऊँ। मेरा साथीहरू तिम्रो बोली सुन्न पर्खिरहेका छन्।
14
मेरा प्रियतम, मृगझैँ मकहाँ आऊ, मसला उम्रेका पर्वतमा एउटा जवान जरायो आएझैँ तिमी मकहाँ आऊ।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
All chapters:
1
2
3
4
5
6
7
8