bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 6
Song of Solomon 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 7 →
1
हे परमसुन्दरी, तिम्रा प्रियतम कता गएका छन्? तिम्रा प्रियतम कुन दिशामा गए, हामीलाई भन र हामी तिनलाई खोज्न तिमीलाई सहायता गर्नेछौं।
2
मेरा प्रियतम आफ्ना बगैंचामा गएका छन्, जहाँ बल्साम-रूख उम्रेका छन्। उनी बगैंचामा भेडा-बाख्रा चराउँदै लिली-फूलहरू बटुलिरहेका छन्।
3
मेरा प्रियतम मेरै हुन्, मचाहिँ उनकी हुँ, लिली-फूलहरूका बीच उनले आफ्ना भेडा-बाख्रा चराउँदछन्।
4
हे मेरी प्रियतमा, तिमी यरूशलेमजस्तै सुन्दरी र तिर्साजस्तै राम्री छ्यौ। तिमी यी ठूला सहरहरूझैँ मन चम्काउने छ्यौ।
5
तिम्रा आँखा मबाट हटाऊ, तिनले मलाई मोहित पारेका छन्। गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ तिम्रो केश नाचिरहेको छ।
6
तिम्रा दाँत भर्खरै नुहाएका भेडाहरूझैँ सेता छन्। ती पूर्ण छन् र ती सबै खुबै मिलेका छन्।
7
घुम्टोभित्र तिम्रा गाला चम्केका छन्।
8
राजाले साठी जना रानीहरू, असी जना रखौटीहरू राखून् र चाहे असङ्ख्य यूवतीहरू होऊन्!
9
तर म त एउटैलाई प्रेम गर्छु, त्यो ढुकुरजस्तै सुन्दरी छ। त्यो आफ्नी आमाकी एउटै छोरी हो: आमाकी अति प्रिय छोरी! सबै स्त्रीहरूले तिनलाई देखेर प्रशंसा गर्छन्, रानीहरू र रखौटीहरूले तिनको प्रशंसा गाउँछन्।
10
घाम उदाएझैँ देखिएको को हो? तिनी सुन्दरी र चहकिली छिन्, घाम वा जुनजस्तै चम्किली छिन्।
11
बेसीमा नयाँ बोटहरू हेर्न, दाखका बोटमा नयाँ पात उम्रेका र अनारका बोटमा फूल फुलेका हेर्न म हाडे-बदामका रूख भएका बारीमा गएँ।
12
म काम्दै छु, जसरी सारथि लडाइँ गर्न अधीर हुन्छ, त्यसरी म तिमीलाई प्रेम गर्न अधीर भएको छु।
13
ए शूलम्मीकी स्त्री, नाच, नाच, हामी तिमी नाचेकी हेर्नेछौं। मलाई हेर्न लहर लागेका मानिसहरूका बीचमा जब म नाच्दछु, तिमीहरू मलाई हेर्न किन रहर गर्छौ?
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8