bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 2
Song of Solomon 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 3 →
1
म त शारोनको गुलाफ फूल हुँ, बेसी बीचको लिली फूल हुँ।
2
काँडाका बीचमा उम्रेको लिली फूलझैँ स्त्रीहरूका बीचमा मेरी प्रियतम छिन्।
3
जङ्गली रूखहरूका बीचमा एउटा स्याउको रूखझैँ पुरुषहरूका बीचमा मेरा प्रियतम छन्। त्यसको छायामुनि बस्न मलाई आनन्द लाग्छ र त्यसका फल मलाई औधी मीठो लाग्दछ।
4
उनले मलाई आफ्नो भोजन-गृहमा लगे र ममाथि प्रेमको झन्डा लगाए।
5
किसमिसले मेरो बल नयाँ गरिदेऊ, स्याउले मलाई ताजा बनाइदेऊ। म प्रेमले कमजोर भएको छु।
6
उनको देब्रे हात मेरो शिरमुनि छ र दाहिने हातले मलाई मुसार्दछ।
7
हे यरूशलेमका स्त्रीहरू हो! मसँग वाचा बाँध, मृग र हरिणीका नाममा शपथ खाएर भन कि हाम्रो गहिरो प्रेममा हामीलाई बाधा नदेओ।
8
म मेरा प्रियतमको सोर सुन्दछु, पर्वतहरूमाथि दगुर्दै, उफ्रँदै र डाँडाहरू पार गर्दै मेरा प्रियतम मकहाँ आउँदछन्।
9
मेरा प्रियतम फुर्तिलो मृगझैँ, जवान जरायोझैँ छन्। उनी पर्खालछेउ उभिएका छन्, झ्यालबाट हेर्छन् र आँखी-झ्यालबाट चियाउँछन्।
10
मेरा प्रियतमले मसित बात गर्छन्। मेरी प्रियतमा, आऊ, मेरी प्रिये, मसित आऊ।
11
हिउँद बित्यो, वर्षा सकियो,
12
गाउँ-बस्तीमा फूलहरू फुलेका छन्, गीत गाउने समय यही हो, खेतबारीमा ढुकुरहरू कुर्लेका सुनिन्छन्।
13
नेभारा पाक्न लागेका छन्, हावा दाखका फूलका सुबास्नाले भरिएको छ। मेरी प्रियतमा, आऊ, मेरी प्रिये, मसित आऊ।
14
चट्टान चर्केर चिरा पारेका ठाउँमा लुकेको ढुकुरजस्ती तिमी छ्यौ, मलाई तिम्रो सुन्दर अनुहार देखाइदेऊ, तिम्रो मधुर सोर सुनाइदेऊ!
15
दाखका फूल फुलेका समयमा हाम्रो दाखबारी बिगार्नुअघि नै ती स-साना स्यालहरूलाई समात।
16
मेरा प्रियतम मेरै हुन् र म उनकी हुँ। उनले लिली फूलहरूबीच आफ्ना भेडा-बाख्रा चराउँदछन्,
17
बिहानको बतास नचलेसम्म र अँध्यारो नहुञ्जेलसम्म। ए मेरी प्रियतम, फर्केर आऊ, बेतेरका पर्वतमा जरायो र मृग फर्किगएझैँ तिमी पनि फर्किआऊ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8