bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Song of Solomon 7
Song of Solomon 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 8 →
1
तिमी कस्ती उदेककी तरुणी छौ! चप्पल लाएका तिम्रा पाउ कति राम्रा छन्। तिम्रा तिघ्राका गोलाइ निपुण कारिगरले बनाएको कामझैँ छ।
2
तिम्रो नाभि गोलो बटुकोजस्तै छ। जसमा मसला मिसाएको दाखमद्य कहिल्यै सकिंदैन। तिम्रो पेट लिली फूलले घेरिराखेको गहुँको रासजस्तै छ।
3
तिम्रा स्तन जुम्ल्याहा मृगझैँ, एक जोर हरिणीझैँ देखिन्छन्।
4
तिम्रो गला हस्ति-दाँतको धरहराजस्तै छ, तिम्रा आँखा हेश्बोनका पोखरीहरूजस्ता छन्, जुन त्यस महानगरमा मूल-ढोकानिर छन्। दमस्कसमा पहरा दिने लेबनानको धरहराजस्तो सुन्दर छ।
5
तिम्रो शिर कर्मेल पर्वतजस्तै ठाडो छ। बाटेको तिम्रो केश असल रेशमी लुगाझैँ चम्केको छ, त्यसको सुन्दरताले राजालाई मुग्ध पार्न सक्छ।
6
तिमी कति राम्री छ्यौ, कति सुन्दरी छ्यौ, तिम्रो प्रेमबाट कस्तो पूर्ण आनन्द पाइन्छ।
7
तिमी खजुरको रूखजस्तै शोभापूर्ण छ्यौ, तिम्रा स्तन खजुरका झुप्पाझैँ छन्।
8
म खजुरको रूखमा चढ्नेछु र त्यसका फल टिप्नेछु। मेरो निम्ति तिम्रो स्तन दाखको झुप्पाझैँ र तिम्रो सास स्याउको बासनाझैँ छ।
9
तिम्रो ओठ असल दाखमद्यझैँ मीठो छ। अब दाखमद्य सोझै मेरा प्रियतमको मुखमा पुगोस्, उनको ओठ र दाँतका बीचबाट छिरेर जाओस्।
10
म मेरा प्रियतमको हुँ, उनले मेरो तिर्सना गर्छन्।
11
आऊ प्रियतम, हामी खेतबारी हुँदो जाऔं र गाउँमा रात बिताऔं।
12
बिहान सबेरै उठेर हामी दाखलाई हेरौंला, दाखका कोपिला फुटेछन् कि फल फुलेछन् कि भनी खोजौंला र दारिमका फूल फुल्नेछन् कि भनी हेरौंला र त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु।
13
तिमीले निद्रा दिने दूधे-फलको बासना सुँघौंला र सबै किसिमका मीठा-मीठा फलहरू ढोकाछेउमा नै हुनेछन्। प्रियतम, मैले तिम्रो निम्ति, नयाँ र पुराना आनन्दका फलहरू राखेकी छु।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8