bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 1
Isaiah 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 2 →
1
यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन।
2
हे आकाश, सुन्! हे पृथ्वी, कान थाप्! किनकि परमप्रभुले भन्नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्।
3
गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड़ चिन्छ, तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4
हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्।
5
तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ।
6
पैतालादेखि टुपीसम्मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्।
7
तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुन्ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्यो उजाड़ पारिएको छ।
8
सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ।
9
यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नुभएको भए त हामी सदोमजस्तै हुनेथियौं, हामी गमोराजस्तै हुनेथियौं।
10
हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानून ध्यान दिएर सुन!
11
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्नँ।
12
जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्छ र? मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र?
13
व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ।
14
तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्ति भार भएका छन्। ती बोक्दा-बोक्दा म थाकेको छु।
15
तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।
16
आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़।
17
भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
18
परमप्रभु भन्नुहुन्छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्।
19
यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ।
20
तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो।
21
हेर त, विश्वासयोग्य सहर कसरी एउटी वेश्या भई त! उहिले त्यो न्यायले पूर्ण थियो। त्यसमा धार्मिकताले वास गर्थ्यो, तर अब त त्यो हत्याराहरूले भरिएको छ!
22
तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ।
23
तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्छन्। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्दैन।
24
यसैकारण प्रभु, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्नुहुन्छ, “मेरा दुश्मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु।
25
मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरो मैला जम्मै फालिदिनेछु, र तेरा सबै अशुद्धता हटाइदिनेछु।
26
म तेरा न्यायकर्ताहरूलाई पहिलेको जस्तै, र तेरा सल्लाहकारहरूलाई सुरुमा जस्तै फेरि नियुक्त गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर र विश्वासयोग्य सहर कहलाइनेछस्।”
27
न्यायसित सियोनको छुटकारा हुनेछ, र पश्चात्ताप गर्ने त्यहाँका बासिन्दाहरूको छुटकारा धार्मिकतासित हुनेछ।
28
तर अटेरीहरू र पापीहरू दुवै एकसाथ टुक्रिनेछन्, र परमप्रभुलाई त्याग्नेहरूचाहिँ नष्ट हुनेछन्।
29
“तिमीहरूले अति प्रसन्न गरेका पवित्र फलाँटका रूखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ, र तिमीहरूले चुनेका बगैँचाहरूको कारण तिमीहरू लज्जित हुनेछौ।
30
पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ।
31
शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66