bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 29
Isaiah 29
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 30 →
1
तँलाई धिक्कार! अरीएल, अरीएल, सहर जहाँ दाऊदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्दै जाओ र चाड़हरू फेरो मार्दैआऊन्।
2
तापनि म अरीएललाई घेरा हाल्नेछु र त्यो रुनेछ र त्यसले विलाप गर्नेछ, त्यो मेरो निम्ति वेदीको अगेनो हुनेछ।
3
म तेरो चारैतिर छाउनी बनाउनेछु र धरहरा बनाएर तँलाई घेर्नेछु, र म तेरो विरुद्धमा घेरा हाल्ने काम गर्नेछु।
4
तँ तल खसालिनेछस् र भूइँबाट बोल्नेछस्, तेरो अस्पष्ट शब्द धूलोभित्रबाट निस्कनेछ, तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट निस्कनेछ, र तेरो बोलीले धूलोभित्रबाट कानेखुसी गर्नेछ।
5
तर तेरा धेरै शत्रुहरूचाहिँ धूलोका मसिना कणजस्ता हुनेछन्, र निर्दयीहरूको भीड़चाहिँ उड़ाइएको भुसजस्तै हुनेछ। झट्टै पलभरिमा नै
6
सर्वशक्तिमान् परमप्रभु गड्याङगुडुङ, भुइँचालो र ठूलो आवाज, भुमरी र आँधीबेहरी, भस्म गर्ने आगोको ज्वालासित आउनुहुनेछ।
7
अरीएलको विरुद्धमा लड़ाइँ गर्न सारा जाति-जातिहरूका भीड़हरू, जसले त्यसको किल्लालाई आक्रमण गर्छन्, र त्यसलाई घेरा लगाउँछन्, ती सपनाझैँ, अर्थात् रातको दर्शनझैँ हुनेछन्।
8
जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर ब्यूझँदा त्यो भोकै हुन्छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्छ, तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्छ। सियोन पर्वतको विरुद्धमा लड्ने सबै जाति-जातिका भीड़हरूको दशा पनि त्यस्तै हुनेछ।
9
आश्चर्यचकित, र छक्क पर, अन्धा भएर दृष्टिविहीन होओ। मतवाला त होओ तर दाखमद्यले होइन, धरमरिओ, तर जाँड़ले त होइन।
10
परमप्रभुले तिमीहरूमा गहिरो निद्रा ल्याइदिनुभएको छ, र तिम्रा आँखा (अर्थात् अगमवक्ताहरू) बन्द गरिदिनुभएको छ, र तिम्रा शिर (अर्थात् दर्शन देख्नेहरू) ढाकिदिनुभएको छ।
11
तिमीहरूका निम्ति यो सारा दर्शन छाप लगाएर बन्द गरिएको पुस्तकका मुट्ठाका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले पुस्तकको मुट्ठा कुनै पढ्न सक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ्नुहोस्,” त्यसले जवाफ दिएर भन्नेछ, “अँहँ, म पढ्न सक्दिनँ, त्यो छाप लगाएको बन्द पुस्तक हो।”
12
अथवा यदि त्यो पुस्तकको मुट्ठा कुनै पढ्न नसक्ने मानिसलाई यसो भनेर दियौ भने, “दया गरी, यो पढ़िदिनुहोस्,” त्यसले भन्नेछ, “मलाई त पढ्नै आउँदैन।”
13
परमप्रभुले यसो भन्नुहुन्छ, “यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्।
14
यसकारण म एक पल्ट फेरि यस प्रजाको बीचमा उदेकमाथि उदेकको काम गरेर छक्क पार्नेछु, र तिनीहरूका बुद्धिमान् मानिसहरूको बुद्धि नष्ट हुनेछ, र तिनीहरूका सबैभन्दा चतुर मानिसहरूको चतुर्याइँ लोप हुनेछ।”
15
धिक्कार तिनीहरूलाई, जसले आफ्नो युक्ति परमप्रभुबाट लुकाउने ठूलो प्रयत्न गर्दछन्, जसले आफ्ना काम अँध्यारोमा गर्दछन्, र सोच्छन्, “कसले हामीलाई देख्छ र? कसले जान्दछ?”
16
कुमाले माटोजस्तै छ भनी सोचेजस्तै तिमीहरू कुरा उल्टापुल्टा पार्छौ! के बनाएको चीजले बनाउनेको विषयमा भन्छ, “त्यसले मलाई बनाएको होइन”? के बनाएको भाँड़ाले कुमालेको विषयमा यसो भन्न सक्छ, “त्यसले केही पनि जान्दैन”?
17
छिट्टै नै के लेबनान एउटा मलिलो खेतमा परिवर्तन हुँदैन र? अनि मलिलो खेतचाहिँ वनजस्तो देखिँदैन र?
18
त्यो दिन बहिराले पुस्तकको मुट्ठामा लेखिएका वचन सुन्नेछ, र घोर अँध्यारोबाट अन्धाको आँखाले देख्नेछ।
19
नम्रहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन्, र आवश्यकतामा परेकाहरूले इस्राएलका परमपवित्रमा रमाहट गर्नेछन्।
20
निर्दयी मानिसहरूको केही नाउँनिशानै रहनेछैन। निन्दा गर्नेहरू लोप हुनेछन्, र दुष्ट काममा नजर लाउनेहरू संहार गरिनेछन्,
21
जसले मानिसलाई कुरामा फसाएर दोषी ठहराउँछन्, र न्यायालयमा प्रतिवादीलाई पासोमा पार्छन्, र निर्दोषीलाई इन्साफ गर्दा झूटा गवाही दिएर न्यायबाट वञ्चित गर्दछन्।
22
यसकारण अब्राहामलाई उद्धार गर्नुहुने परमप्रभुले याकूबको घरानालाई यसो भन्नुहुन्छ, “याकूब अब लज्जित हुनेछैन, न त तिनीहरूको अनुहार पहेँलो हुनेछ।
23
जब तिनीहरूले आफ्ना बीचमा आफ्नै छोराछोरीहरू, मेरा हातको कामलाई देख्छन्, तिनीहरूले मेरो नाउँ पवित्र तुल्याउनेछन्। तिनीहरूले याकूबका परमपवित्रलाई पवित्र भनी स्वीकार गर्नेछन् र इस्राएलका परमेश्वरको भय मान्नेछन्।
24
आत्मामा भ्रममा परेकाहरूले पनि समझ प्राप्त गर्नेछन्, र गनगनाउनेहरूले शिक्षा ग्रहण गर्नेछन्।”
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66