bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 41
Isaiah 41
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 42 →
1
“हे टापू हो, मेरो सामुन्ने चूपचाप बस। जाति-जातिले नयाँ बल प्राप्त गरून्! तिनीहरू नजिक आऊन् र बोलून्। हामी एकसाथ न्यायालयमा जम्मा होऔं।
2
उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ? उहाँले जाति-जातिहरूलाई तिनको अधीनमा पारिदिनुहुन्छ, र राजाहरूलाई तिनको सामुन्ने आफ्नो अधिकारमा ल्याउनुहुन्छ। तिनले उनीहरूलाई आफ्नो तरवारले धूलोजस्तै र आफ्नो धनुले उड़ाएको भुसजस्तै पारिदिन्छन्।
3
तिनले उनीहरूलाई खेद्छन्, अघि कहिल्यै यात्रा नगरेका बाटाहरू भएर तिनी विनाक्षति बढ्दैजान्छन्।
4
प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो? के म नै होइन र? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ।”
5
टापूहरूले यो देखे र डराए। पृथ्वीका पल्लो छेउसम्मका देशहरू कामे। तिनीहरू नजिक गई अगाड़ि आउँछन्।
6
एउटाले अर्कोलाई सहायता गर्छ, र आफ्नो भाइलाई भन्छ, “ढाड़स गर।”
7
निपुण कारीगरले सुनारलाई साहस दिन्छ र लिहीमाथि चुट्नेलाई घनले सम्म्याउनेले प्रोत्साहन दिन्छ। त्यसले रसायनको विषयमा भन्छ, “यो असलै छ,” र त्यो नहल्लिओस् भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।
8
“तर तँ, ए इस्राएल मेरो दास, याकूब, जसलाई मैले छानेको छु। मेरो मित्र अब्राहामको वंश,
9
तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ, र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भनें, ‘तँ मेरो दास होस्।’ मैले तँलाई छानेको छु, र तँलाई इन्कार गरेको छैनँ।
10
यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
11
“तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्।
12
तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्ट हुनेछन्।
13
किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।
14
ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्छ।
15
“हेर्, म तँलाई नयाँ र तीखा दाँत भएको अन्न कुट्ने हतियार बनाउनेछु। तैंले पर्वतहरूलाई छाँट्नेछस्, र कुटी-कुटी धूलोपीठो बनाउनेछस्, र डाँड़ाहरूलाई भुस पार्नेछस्।
16
तैंले तिनीहरूलाई निफन्नेछस्, र बतासले तिनलाई उठाएर लैजानेछ, र आँधीले तिनीहरूलाई उड़ाएर लैजानेछ। तर तँचाहिँ परमप्रभुमा रमाहट गर्नेछस्। तैंले इस्राएलका परमपवित्रको महिमा गर्नेछस्।
17
“गरीब र दरिद्रहरूले पानी खोज्छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।
18
नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु।
19
मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु,
20
ताकि मानिसहरूले देखेर जानून् र विचार गरून् र पूरा रीतिले बुझून् कि यो परमप्रभुका हातको काम हो, अर्थात् इस्राएलका परमपवित्रले गर्नुभएको हो।
21
“आफ्नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्नुहुन्छ। “आफ्नो तर्क ल्याओ,” याकूबका महाराजाधिराज भन्नुहुन्छ।
22
“जे हुन आउनेछ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्याओ। यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्छ भनी हामी जान्न सकौं। अथवा हुन आउने कुरा हामीलाई बताइदेओ।
23
अब आउने कुराहरू हामीलाई प्रकट गर, र तिमीहरू ईश्वर हौ भनी हामी जान्न सकौंला। असल वा खराब केही गर, कि हामी हरेस खाऔं अनि डरमा परौं।
24
तर तिमीहरू त कामै नलाग्ने हौ, र तिमीहरूका काम बिलकुलै व्यर्थका छन्। जसले तिमीहरूलाई चुन्छ त्यो घृणित हुन्छ।
25
“मैले कसैलाई उत्तर दिशादेखि उक्साएको छु, र तिनी आउँछन्। सूर्य उदय हुने दिशाबाट आएर तिनले मेरो नाउँ लिन्छन्। तिनले हिलोलाई कुल्चेझैँ शासकहरूलाई कुल्चनेछन्, कुमालेले माटो कुल्चेझैँ।
26
सुरुदेखि कसले यो प्रकट गरेको छ र हामीले जान्न सक्थ्यौं? अथवा अघिदेखि कसले यो प्रकट गर्यो र उहाँ ठीकै हुनुहुन्थ्यो भनी हामी भन्न सक्थ्यौं? यो कुरा कसैले हामीलाई बताएन, पहिले कसैले एक वचन पनि भनेन। तिमीहरूका वचन सुन्ने कोही थिएन।
27
सियोनलाई ‘हेर, तिनीहरू त यहाँ छन्’ भन्ने सबैभन्दा पहिले म नै थिएँ। यरूशलेमलाई शुभ समाचार दिन एक जना समाचारवाहक पठाउने म नै थिएँ।
28
म खोज्छु, तर त्यहाँ कोही पनि छैन। सल्लाह दिनका लागि तिनीहरूका बीचमा कोही पनि छैन। तिनीहरूलाई सोध्दा कसैले जवाफ दिँदैन।
29
हेर, ती सबै झूटा हुन्! तिनीहरूका काम केही मोलका छैनन्। तिनीहरूका मूर्तिहरू हावा र अलमल मात्र हुन्।
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66