bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 44
Isaiah 44
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 45 →
1
“तर अब हे मेरो दास याकूब, मैले चुनेको इस्राएल, ध्यान लाएर सुन्,
2
तँलाई बनाउने, तँलाई गर्भमा रच्ने र तँलाई गोहार गर्ने परमप्रभु यसो भन्नुहुन्छ: हे मेरो दास याकूब, मैले चुनेको यशूरून, तँ नडरा।
3
किनकि म सुकेको जमिनमा पानी र सुक्खा भूमिमा खोलाहरू खन्याइदिनेछु। म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु, र तेरो सन्तानलाई आशिष् दिनेछु।
4
तिनीहरू चौरमा उम्रेका घाँसजस्ता, बग्ने खोलाको नजिक उम्रेका लहरे-पीपलजस्ता हुनेछन्।
5
कसैले भन्नेछ, ‘म परमप्रभुको हुँ’। अर्काले आफ्नो नाउँ याकूब राख्नेछ, अझै अर्काले आफ्नो हातमा ‘परमप्रभुको’ भनी लेख्नेछ, र आफ्नो नाउँ इस्राएल राख्नेछ।
6
“इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन।
7
मजस्तै को छ र? त्यसले त्यो घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्, मेरा प्राचीन प्रजालाई स्थापित गरेकोदेखि यसो के भएको छ? अझ जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्।
8
तिमीहरू नडराओ, न त थरहरी होओ। के मैले तिमीहरूलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइनँ र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? अँहँ, कोही चट्टान छैन, म यस्तो कसैलाई चिन्दिनँ।”
9
मूर्तिहरू बनाउने सबै व्यर्थ हुन्, र तिनीहरूले मूल्यवान् सम्झेका वस्तुहरू मूल्यहीन छन्। तिनीहरूको पक्षमा बोल्नेहरू अन्धा छन्, तथा तिनीहरू अबोध भएर आफू शर्ममा परेका छन्।
10
कसले देवता बनाउँछ, अथवा खोपेको मूर्तिलाई ढालेर बनाउँछ, जसबाट त्यसलाई केही लाभ हुँदैन।
11
त्यो र त्योजस्ता सबै लाजमा पर्नेछन्। कारीगरहरू केवल मानिसहरू मात्र हुन्। तिनीहरू एकसाथ भेला भएर खड़ा होऊन्। तिनीहरू तर्सिनेछन् र लज्जित हुनेछन्।
12
लोहारले एउटा औजार लिन्छ र भुङ्ग्रामा काम गर्छ, त्यसले घनले हिर्काएर मूर्तिको आकार निकाल्दछ। त्यसले आफ्नो बलियो पाखुराले त्यो काम गर्दछ। त्यो भोकाउँछ, र त्यसको बल घट्छ। त्यसले पानी पिउँदैन र त्यसलाई भाउन्न छुट्छ।
13
सिकर्मीले सूत तानेर सीसाकलमले चिन्ह लाउँछ। त्यसले रामोले चिल्लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर पूजा कोठामा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ।
14
त्यसले देवदारु काठ अथवा धूपी वा फलाँटको रूख चुन्यो, र वनका अरू रूखहरूसँग त्यसलाई बढ्न दियो। अथवा त्यसले सल्लाको रूख लगायो र वर्षाको पानीले त्यसलाई बढ़ायो।
15
तब त्यो मानिसलाई जलाउनका निम्ति दाउरा हुन्छ, र त्यसले त्यसबाट केही लिएर आफै त्यसको आगो ताप्छ। त्यसले त्यो जलाएर रोटी पकाउँछ। तर त्यसले एउटा देवता पनि बनाएर त्यसलाई पुज्छ। त्यसले त्यसबाट मूर्ति बनाउँछ, र त्यसको अगाड़ि घोप्टो पर्छ।
16
त्यस काठको आधा भाग त्यसले आगोमा जलाउँछ, त्यसमाथि त्यसले आफ्नो खानेकुरा पकाउँछ, त्यसैबाट त्यसले मासु भुट्छ र खान्छ। त्यसले आगो पनि तापेर भन्छ, “अहा! म तातिएँ, मैले आगो देख्न पाएँ।”
17
त्यसको बाँकी भागबाट त्यसले एउटा ईश्वर बनाउँछ, त्यसको मूर्ति। त्यसको सामुन्ने त्यो घोप्टो परेर त्यसलाई पुज्छ, र त्यसलाई प्रार्थना गर्छ र भन्छ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
18
तिनीहरू केही जान्दैनन्, तिनीहरूले केही बुझ्दैनन्। तिनीहरूका आँखामा लेप लाइएको छ, यसैले तिनीहरूले देख्न सक्दैनन्, तिनीहरूका मन बन्द गरिएका छन्, र तिनीहरूले बुझ्न सक्दैनन्।
19
कसैले बसेर विचार गर्दैनन्, यसो भन्नलाई कसैसित ज्ञान अथवा समझ छैन, “मैले त्यसको आधा भाग दाउराको रूपमा प्रयोग गरें। त्यसैको आगोमा मैले रोटी पनि पोलें। मैले मासु भुटेर खाएँ। के त्यसको बचेको भागबाट मैले घिनलाग्दा थोक बनाउने? के मैले नै रूखको ठुटाको सामुन्ने घोप्टो पर्ने?”
20
त्यसले खरानी बुकाउँछ, धोकेबाज हृदयले त्यसलाई भ्रममा पार्छ। त्यसले आफ्नो प्राणलाई बचाउन सक्दैन, न त भन्न सक्छ, “के मेरो दाहिने हातमा भएको चीज झूटा होइन र?”
21
“हे याकूब, यी कुरालाई याद राख्, किनकि हे इस्राएल, तँ मेरो दास होस्। मैले तँलाई बनाएको हुँ। तँ मेरो दास होस्। हे इस्राएल, तँलाई म बिर्सनेछैनँ।
22
मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुइरोझैँ हटाइदिएँ। फर्केर आइज, किनकि मैले तँलाई मोल तिरेर छुटकारा दिएको छु।”
23
हे आकाश, आनन्दले गा, किनकि परमप्रभुले त्यसो गर्नुभएको छ। हे भूगर्भ, चर्को सोरले करा। हे पर्वतहरू, वन र त्यहाँका सबै रूख हो, उच्च सोरले गाओ, किनकि परमप्रभुले मोल तिरेर याकूबलाई छुटाउनुभएको छ, उहाँ आफैले इस्राएलमा आफ्नो महिमा देखाउनुहुन्छ।
24
“परमप्रभु यसो भन्नुहुन्छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्वीलाई फिँजाउनुभयो,
25
जसले झूटा अगमवक्ताहरूका चिन्ह निष्फल तुल्याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्ट पार्नुहुन्छ, र त्यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ,
26
जसले आफ्ना दासहरूका वचनलाई पक्का गराउँनुहुन्छ, र आफ्ना समाचारवाहकहरूका भविष्यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्नुहुन्छ, ‘त्यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्यसका भत्काइएका ठाउँहरूका बारेमा भन्नुहुन्छ, ‘म पुनर्स्थापित गर्नेछु,’
27
जसले गहिरा पानीलाई भन्नुहुन्छ, ‘सुकिजा, म तेरा खोलाहरूलाई सुकाउनेछु,’
28
जसले कोरेसका बारेमा भन्नुहुन्छ, ‘त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्यसले यसो भन्नेछ, “त्यो फेरि बनाइओस्,” र मन्दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्’।”
← Chapter 43
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 45 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66