bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 42
Isaiah 42
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 41
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 43 →
1
“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्न हुन्छु। तिनमा म मेरो आत्मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्याय ल्याउनेछन्।
2
तिनी चिच्च्याउनेछैनन्, वा कराउनेछैनन् अथवा तिनले आफ्नो सोर सड़कमा सुनाउनेछैनन्।
3
फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्। तिनले विश्वस्ततामा न्याय गर्नेछन्।
4
जबसम्म तिनले पृथ्वीमा इन्साफ स्थापित गरिसक्दैनन् तबसम्म न त तिनी दुर्बल हुनेछन्, न निरुत्साहित हुनेछन्। तिनको व्यवस्थामा टापूहरूले आफ्नो आशा राख्नेछन्।”
5
परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ— आकाश सृष्टि गरेर त्यो फैलाउनुहुने, अनि पृथ्वी र त्यसबाट उत्पन्न हुने सबैलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास अनि त्यसमा हिँड्डुल गर्नेहरूलाई आत्मा दिनुहुने:
6
“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु,
7
अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई।
8
“म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।
9
हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।
10
परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्वीको पल्लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्दा हो!
11
मरुभूमि र त्यसमा भएका नगरहरूले आ-आफ्ना सोर उचालून्। केदार बसेका बस्तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्दले गाऊन्। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्।
12
तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्।
13
परमप्रभु शक्तिशाली पुरुषझैँ निस्कनुहुनेछ। एक जना योद्धालेझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ। उहाँ कराउनुहुनेछ, र ठूलो सोरले युद्ध-ध्वनि उठाउनुहुनेछ। उहाँ आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ।
14
“धेरै समयसम्म म चूपचाप बसें। म शान्त बसें, र आफैलाई रोकिराखें। तर बच्चा पाउन लागेकी स्त्रीझैँ अब म कराउँछु, मलाई स्वाँ-स्वाँ हुन्छ र सास फेर्छु।
15
म पहाड़ र डाँड़ाहरूलाई उजाड़ पार्नेछु, र तिनका सारा वनस्पतिलाई सुकाइदिनेछु। नदीहरूलाई म टापूमा परिवर्तन गरिदिनेछु, र दहहरूलाई सुकाइदिनेछु।
16
म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्नेछैनँ।
17
तर देवताहरूमा भरोसा राख्नेहरू, र मूर्तिहरूलाई ‘तपाईंहरू नै हाम्रा ईश्वर हुनुहुन्छ’ भन्नेहरू ठूलो लाजमा पर्नेछन्।
18
“हे बहिरा हो, सुन! हे अन्धा हो, हेर र देख!
19
मेरो दासबाहेक अन्धो अरू को छ? अथवा मैले पठाउने समाचारवाहकजस्तो अरू को बहिरा छ? ममा समर्पित हुनेझैँ अन्धा को छ? परमप्रभुको दासजस्तो अन्धा को छ?
20
तैंले धेरै कुराहरू देखेको छस्, तर ध्यान दिएको छैनस्। तेरा कान त खुल्लै छन्, तर तैंले केही सुन्दैनस्।
21
आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्थालाई महान् र महिमित पार्न परमप्रभुलाई खुशी लाग्यो।
22
तर यो एउटा यस्तो जाति हो, जो ठगिएका र लुटिएका छन्। तिनीहरू सबै खाल्डामा जाकिएका छन् अथवा तिनीहरू झ्यालखानमा लुकाइएका छन्। तिनीहरू लुटिएका छन्, तिनीहरूलाई छुटाउने कोही छैन। तिनीहरू लूट बनाइएका छन्, र तिनीहरूलाई फर्काई पठाइदेओ भन्ने कोही छैन।
23
तिमीहरूमध्ये को छ, जसले यस कुरालाई सुन्छ। वा आउने समयमा ध्यान दिन्छ?
24
याकूबलाई लूट बन्न, र इस्राएललाई डाँकूहरूका वशमा पर्न कसले सुम्पिदियो? के परमप्रभुले होइन र, जसको विरुद्धमा हामीले पाप गरेका छौं? किनकि तिनीहरू उहाँको बाटोमा हिँड़ेनन्, तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्।
25
यसैकारण उहाँले तिनीहरूमाथि आफ्नो बलिरहेको रीस र लड़ाइँको हिंसा पोखाउनुभयो। त्यसैले तिनीहरूका चारैतिर आगो सल्कियो, तापनि तिनीहरूले बुझेनन्। त्यसले तिनीहरूलाई भस्म पार्यो, तापनि तिनीहरूले त्यो कुरा मनमा राखेनन्।
← Chapter 41
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 43 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66