bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 13
Isaiah 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 14 →
1
बेबिलोनको विषयमा आमोजका छोरा यशैयाले दर्शनमा पाएको ईश्वरवाणी:
2
नाङ्गो डाँड़ामा एउटा झन्डा खड़ा गर। तिनीहरूलाई उच्च सोरले कराऊ र भारदारहरूका मूल ढोकामा पस्न इशारा गर।
3
मेरा पवित्र जनहरूलाई मैले आज्ञा गरेको छु। मेरो रीस पोखाउन मेरा योद्धाहरूलाई मैले हुकुम दिएको छु। तिनीहरू मेरो विजयमा आनन्दित हुन्छन्।
4
सुन, पर्वतहरूमा भएको हल्ला, भीड़को हल्लाजस्तै ठूलो। सुन, राज्यहरूका माझमा भएको कोलाहल, जाति-जातिहरू एकसाथ जम्मा हुँदा भएको होहल्लाझैँ। सर्वशक्तिमान् परमप्रभुले लड़ाइँको निम्ति सेना जम्मा गर्दैहुनुहुन्छ।
5
परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्।
6
डाँको छोड़ी-छोड़ी रोऊ, किनकि परमप्रभुको दिन नजिक छ। सर्वशक्तिमान्को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्यो आउनेछ।
7
यसकारणले गर्दा सबै हातहरू कमजोर हुनेछन्, सबै मानिसहरूको मुटुले ठाउँ छोड्नेछ।
8
तिनीहरू डराउनेछन्। पीडा र वेदनाले तिनीहरूलाई छोप्नेछ, सुत्केरी स्त्रीलाई पीडा भएझैँ तिनीहरू पीडाले व्याकुल हुनेछन्। तिनीहरू एक-अर्कालाई चकित भई हेर्नेछन्। तिनीहरूको अनुहार आगोको ज्वालाझैँ हुनेछ।
9
हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्यहाँ भित्र भएका पापीहरूलाई त्यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्ठुर दिन आइरहेछ।
10
आकाशका ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन्। सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन।
11
म संसारलाई त्यसको दुष्ट्याइँको निम्ति र दुष्टलाई तिनीहरूका अधर्मको निम्ति दण्ड दिनेछु। म अहङ्कारीको घमण्डको अन्त गर्नेछु, र निष्ठुरहरूको शेखी झार्नेछु।
12
म मान्छेलाई निखुर सुनभन्दा दुर्लभ र ओपीरको सुनभन्दा पनि अझ अप्राप्य बनाउनेछु।
13
यसैकारण उहाँको ज्वलन्त रीसको दिनमा म आकाशलाई थरथर काम्ने तुल्याउनेछु, र सर्वशक्तिमान् परमप्रभुको क्रोधमा पृथ्वी त्यसको ठाउँमा हल्लिनेछ।
14
तिनीहरू खेदिएको हरिणझैँ, र गोठालोविनाका भेड़ाहरूझैँ, हरेक मानिस आफ्नै मानिसकहाँ फर्केर जानेछ, र हरेक मानिस आफ्नै स्वदेशमा भागी जानेछ।
15
भेटिएको हरेक मानिस रोपिनेछ, र पक्रिएका सबै तरवारले ढालिनेछन्।
16
तिनीहरूका बालकहरू तिनीहरूकै आँखाको सामुन्ने पछारिएर चिल्लिबिल्ली पारिनेछन्। तिनीहरूका घर लुटिनेछन्, र तिनीहरूका पत्नीहरू भ्रष्ट पारिनेछन्।
17
हेर, म मादीहरूलाई तिनीहरूका विरुद्धमा उठाउनेछु, जुनहरू चाँदीको परवाह गर्दैनन्, र सुनको लालच पनि गर्दैनन्।
18
उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्नेछन्। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्टिले हेर्नेछन्।
19
राज्यहरूको रत्न बेबिलोनलाई, जसमाथि बेबिलोनीहरू गर्व गर्दछन्, सदोम र गमोरालाई जस्तै परमेश्वरले उल्टाइदिनुहुनेछ।
20
त्यहाँ कहिल्यै कोही बस्नेछैन, पुस्तौँसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। कुनै गोठालाले आफ्नो बगाल त्यहाँ विश्राम गर्न दिनेछैन।
21
तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्। तिनका घरहरू स्यालहरूले भरिनेछन्। लाटोकोसेराहरू त्यहाँ बस्नेछन्, र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्।
22
हुँड़ारहरू तिनका किल्लाहरूमा र स्यालहरू तिनका सुन्दर-सुन्दर महलहरूमा कराउनेछन्। त्यसको समय नजिकै आएको छ, र त्यसको दिन अब धेरै छैन।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66