bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Isaiah 37
Isaiah 37
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 36
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 38 →
1
जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्नो लुगा च्याते, र भाङ्ग्रा लगाएर परमप्रभुको मन्दिरमा पसे।
2
तिनले राजदरबारका प्रशासक एल्याकीम, सचिव शेब्ना र पूजाहारीमध्येका प्रमुखहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैयाकहाँ पठाए।
3
तिनीहरूले तिनलाई भने, “हिजकिया राजा यसो भन्नुहुन्छ: आजको दिन दु:ख, गाली खाने र अपमानको दिन छ, बालकहरू जन्मन लाग्दा जन्माउने ताकत नभएजस्तो भएको छ।
4
शायद परमप्रभु तपाईंका परमेश्वरले युद्धका सेनापतिको कुरा सुन्नुहुनेछ, जसलाई त्यसका मालिक अश्शूरका राजाले जीवित परमेश्वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्वरले सुन्नुभएको त्यस वचनको कारण उहाँले उनलाई हप्काउनुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस्।”
5
जब हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए,
6
यशैयाले तिनीहरूलाई भने, “तिमीहरूले आफ्ना मालिकलाई यसो भन, ‘परमप्रभु भन्नुहुन्छ: अश्शूरका राजाका सेवकहरूले मलाई निन्दा गरेका तैंले सुनेको कुरादेखि तँ नडरा।
7
सुन्, म त्यसभित्र एउटा यस्तो आत्मा हालिदिनेछु, कि कुनै हल्ला सुनेर त्यो आफ्नो देशमा फर्केर जानेछ र म त्यहाँ त्यसलाई तरवारले मार्न लाउनेछु’।”
8
जब युद्धका सेनापतिले अश्शूरका राजाले लाकीश छोड़े भनी सुने, उनी पछि हटे र उनले राजालाई लिब्नासित युद्ध गरिरहेका भेट्टाए।
9
अब मिश्रदेशका राजा कूशी तिर्हाकाह उनीसित लड्न आइरहेका छन् भन्ने कुरा सनहेरीबले सुने। जब उनले यो कुरा सुने, तब उनले हिजकियाकहाँ यसो भनेर दूतहरू पठाए:
10
“यहूदाका राजा हिजकियालाई भन: जुन ईश्वरमाथि तिमी भर परेका छौ, तिनले ‘यरूशलेमलाई अश्शूरका राजाको हातमा दिनेछैनन्’ भनी तिमीलाई धोका नदेऊन्।
11
सारा देशलाई बिलकुलै नाश गरेर अश्शूरका राजाले के गरेका छन् सो त तिमीले सुनेकै छौ। अनि के तिमीले चाहिँ छुटकारा पाउँछौ र?
12
के मेरा पुर्खाहरूले नाश गरेका जातिहरूलाई तिनीहरूका ईश्वरहरूले छुटाउन सके— अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा भएका अदन वंशीहरूका देवताहरूले तिनीहरूलाई बचाए?
13
हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरका राजा, हेना अथवा इव्वाका राजाहरू कहाँ गए?”
14
हिजकियाले दूतहरूका हातबाट पत्र पाएर पढ़े। तब परमप्रभुको मन्दिरमा गएर हिजकियाले परमप्रभुको सामुन्ने त्यो पत्र खोलेर राखिदिए।
15
अनि हिजकियाले परमप्रभुलाई प्रार्थना गरे,
16
“हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, करूबहरूका बीचमा विराजमान हुनुहुने, पृथ्वीका सारा राज्यहरूका तपाईं मात्र परमेश्वर हुनुहुन्छ। स्वर्ग र पृथ्वी तपाईंले नै सृष्टि गर्नुभएको हो।
17
हे परमप्रभु, आफ्नो कान थापेर सुन्नुहोस्। हे परमप्रभु, आफ्ना आँखा खोलेर हेर्नुहोस्। सनहेरीबले जीवित परमेश्वरको निन्दा गर्नलाई पठाएका सबै कुरा ध्यानसित सुन्नुहोस्।
18
“हे परमप्रभु, यो साँचो हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशहरूलाई समेत उजाड़ परेका छन्,
19
उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा फालेका छन् र सर्वनाश गरेका छन्, किनकि तिनीहरू ईश्वर नै होइनन्, तर मानिसका हातले बनाएका काम, काठ र ढुङ्गा मात्र हुन्।
20
अब हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई उनका हातबाट छुटाउनुहोस्, र पृथ्वीका सारा राज्यहरूले थाहा पाऊन् कि तपाईं मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ।”
21
तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनी समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैंले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्,
22
यसकारण त्यसको विरुद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो, “सियोनकी कन्येछोरीले तँलाई ठट्टा र खिसी गरेकी छ। यरूशलेमकी छोरीले तेरो पछि शिर हल्लाउनेछे।
23
तैंले कसको ठट्टा र निन्दा गरेको छस्? कसको विरुद्धमा तँ ठूलो सोरले कराएको छस्, र तैंले घमण्डले हेरेको छस्? के इस्राएलका परमपवित्रको विरुद्धमा होइन?
24
तेरा समाचारवाहकद्वारा तैंले परमप्रभुको थुप्रै निन्दा गरेको छस्। र तैंले भनेको छस्, ‘मेरा धेरै रथहरूको दलसमेत म पहाड़हरूका टाकुरामा चढें, लेबनानका टाकुरासम्मै। त्यसका अल्गा-अल्गा देवदारुहरू र त्यसका असल-असल सल्लाका रूखहरू ढालेको छु। म त्यसका सबैभन्दा टाढ़ाका टाकुरामा र सुन्दर वनसम्मै पुगेको छु।
25
मैले विदेशहरूमा इनार खनेको छु र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मिश्रदेशका सबै नदीहरू सुकाएको छु’।
26
“के तैंले सुनेको छैनस्? मैले त्यो उहिले नै निश्चय गरेको थिएँ। प्राचीन समयमा नै मैले योजना बनाएको थिएँ। त्यो कुरो मैले अब पूरा गरें कि तैंले किल्ला भएका सहरहरूलाई ढुङ्गाको थुप्रो बनाइस्।
27
तिनका बासिन्दाहरूको शक्ति घटेर गएकोले तिनीहरू आत्तिए र लज्जित भए, तिनीहरू मैदानका घाँसझैँ, कमला र हरिया बिरुवाझैँ, छतमा उम्रिरहेका र बढ्न अघि नै सुकिहालेको घाँसझैँ भए।
28
“तर तँ कहाँ बस्छस् अनि तँ कहिले आउँछस् र जान्छस् अनि मेरो विरुद्धमा तँ रिसाएको छस् भनी म जान्दछु।
29
तँ मेरो विरुद्धमा रिसाएको हुनाले, र तेरो शेखी मेरो कानमा परेको हुनाले, म मेरो बल्छी तेरो नाकमा र मेरो लगाम तेरो मुखमा लगाएर तँलाई तँ आएकै बाटोतिर फर्काउनेछु।”
30
“हे हिजकिया, तेरो निम्ति चिन्ह यही हुनेछ: “यो वर्षचाहिँ आफै उम्रेको कुरो तिमीहरूले खानेछौ, र दोस्रो वर्षचाहिँ त्यहीँबाट उम्रेको, तर तेस्रो वर्षचाहिँ तिमीहरू छर, कटनी गर, दाखबारी लगाओ र तिनका फल फलाओ।
31
“यहूदाका घरानाबाट बाँचेकाहरूले फेरि तलतिर जरा हाल्नेछन्, र माथितिर फल फलाउनेछन्।
32
किनभने यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट जीवितहरूको एक दल निस्कनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ।
33
“यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यो भन्नुहुन्छ: त्यो यस सहरमा आउनेछैन अथवा त्यसले एउटै काँड़ हान्नेछैन। त्यो यसको सामुन्ने ढाल लिएर आउनेछैन, न त यसको विरुद्धमा कुनै घेरा-मचान बनाउनेछ।
34
जुन बाटो भएर त्यो आयो, त्यही बाटो भएर त्यो फर्कनेछ, र त्यो यस सहरमा पस्नेछैन,” परमप्रभु भन्नुहुन्छ।
35
“मेरो आफ्नै खातिर र मेरो दास दाऊदको खातिर म यो सहर रक्षा गर्नेछु र बचाउनेछु!”
36
तब परमप्रभुका दूत गएर अश्शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। मानिसहरू बिहान उठ्दा उनीहरूले ती सबै लाशहरू देखे।
37
यसैले अश्शूरीहरूका राजा सनहेरीब निनवेमा फर्केर गए, र त्यहीँ बस्न लागे।
38
एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गर्दैथिए तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, अनि उनीहरू भागेर आरारात देशमा गए। त्यसपछि उनको सट्टामा उनका छोरा एसरहदोनले राजा भएर शासन गर्न लागे।
← Chapter 36
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 38 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66