bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 10
Matthew 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 11 →
1
उहाँले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्माहरू निकाल्ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।
2
बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना,
3
फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस,
4
सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदियो।
5
येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस।
6
तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ।
7
‘स्वर्गको राज्य नजिकै आइपुगेको छ,’ भन्दै प्रचार गर।
8
बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
9
तिमीहरू आफ्ना पटुकामा सुन, चाँदी र तामाको सिक्का नबोक,
10
यात्राको निम्ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ।
11
“जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस।
12
त्यस घरभित्र पस्दा अभिवादन गर।
13
त्यो घर योग्य छ भने, तिमीहरूको शान्ति त्यस घरमा आओस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्।
14
यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटक्याइदेओ।
15
साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशाभन्दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।
16
“हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।
17
तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्।
18
तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खड़ा गराइनेछौ र तिनीहरू र अन्यजातिहरूका निम्ति साक्षी हुनेछौ।
19
तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही घड़ी तिमीहरूलाई बताइनेछ।
20
किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ।
21
“भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन्।
22
मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ।
23
जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग। किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।
24
“चेला आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन।
25
चेला आफ्ना गुरुजस्तो र कमारो आफ्ना मालिकजस्तो हुनु यथेष्ट छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, उनका परिवारकाहरूलाई झन् कति बढ़ी भन्लान्?
26
“यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन।
27
जे म तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ, र जे तिमीहरूले कानमा सुन्छौ, त्यो घरका धुरीहरूबाट प्रचार गर।
28
तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
29
के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन।
30
तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्।
31
यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ।
32
“यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु।
33
तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।
34
“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।
35
किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ।
36
मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्।
37
“जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। जसले मलाई भन्दा बढ़ी आफ्ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
38
जो आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
39
जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।
40
“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
41
अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।
42
जसले यी सानाहरूमध्ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले आफ्नो इनाम कदापि गुमाउनेछैन।”
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28