bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 14
Matthew 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
1
त्यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने।
2
तिनले आफ्ना भारदारहरूलाई भने, “उनी बप्तिस्मा-दिने यूहन्ना हुन्। उनी मृतकबाट जीवित भएका छन्। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।”
3
किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।
4
यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।”
5
यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे।
6
तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई।
7
त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे।
8
तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।”
9
तब राजा शोकित भए तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए,
10
र तिनले कारागारमा यूहन्नाको शिर काट्न लगाए।
11
अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई।
12
त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।
13
जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो।
14
किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।
15
साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्।”
16
तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिनीहरूलाई जानु आवश्यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।”
17
तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्।”
18
तब उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।”
19
उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।
20
ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए।
21
स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।
22
उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो।
23
भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो।
24
तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।
25
बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूकहाँ आउनुभयो।
26
जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्च्याए।
27
तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ।”
28
पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्।”
29
उहाँले भन्नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे।
30
तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।”
31
तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?”
32
जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो।
33
डुङ्गामा हुनेहरूले उहाँलाई दण्डवत् गरे, र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
34
पारि पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्नुभयो।
35
जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्याए।
36
तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28