bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 9
Matthew 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 10 →
1
त्यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्नो सहरमा आउनुभयो।
2
मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।”
3
शास्त्रीहरूमध्ये कतिले आपसमा भने, “यिनी परमेश्वरको निन्दा गर्दैछन्।”
4
येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ?
5
किनकि के भन्नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि ‘उठ र हिँड़’ भन्नु?
6
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”
7
अनि त्यो उठ्यो, र आफ्नो घरतिर लाग्यो।
8
जब भीड़ले यो देख्यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे।
9
येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।
10
उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे।
11
जब फरिसीहरूले त्यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?”
12
यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ।
13
तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”
14
तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
15
येशूले तिनीहरूलाई भन्नुभयो, “जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्। तब तिनीहरू उपवास बस्नेछन्।
16
“कसैले पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन। किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ, र वस्त्र झन् बढ़ी फाट्छ।
17
कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्दैन, नत्रता मशक फुट्छ, र दाखमद्य पोखिन्छ, र मशक नष्ट हुन्छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्छ, र दुवै जोगिन्छन्।”
18
जब उहाँले तिनीहरूलाई यी कुरा भन्दैहुनुहुन्थ्यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्डवत् गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्यो जीवित हुनेछे।”
19
येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो।
20
त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई।
21
किनकि त्यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।”
22
फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, “छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यो स्त्री त्यही घड़ी निको भई।
23
अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्नुभयो।
24
उहाँले तिनीहरूलाई भन्नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे।
25
भीड़लाई बाहिर निकाल्नुभएपछि उहाँ भित्र पस्नुभयो, र त्यस ठिटीको हात समात्नुभयो, अनि त्यो ठिटी जुरुक्क उठी।
26
तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो।
27
येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे।
28
उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”
29
तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।”
30
अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।”
31
तर तिनीहरू गए, र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए।
32
जब उहाँहरू निस्केर जाँदैहुनुहुन्थ्यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्याइयो।
33
भूत निकालिएपछि त्यो गूँगो बोल्यो। अनि “इस्राएलमा कहिल्यै यस्तो देखिएन” भन्दै भीड छक्क पर्यो।
34
तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।”
35
येशू समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो।
36
तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए।
37
तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।
38
यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28