bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 28
Matthew 28
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
1
शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए।
2
ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे।
3
तिनको रूप बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो।
4
तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए।
5
तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ।
6
उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।
7
तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”
8
अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
9
अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे।
10
तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
11
जब ती स्त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्य पूजाहारीलाई त्यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।
12
जब मुख्य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,
13
“तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्।’
14
कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”
15
तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्म यही कुरा फैलिएको छ।
16
ती एघारै जना चेलाहरू गालीलको त्यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।
17
तिनीहरूले उहाँलाई देखेर दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे।
18
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
19
यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
20
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28