bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 22
Matthew 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 23 →
1
येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो,
2
“स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे,
3
र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्।
4
“फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्। विवाह-भोजमा आउनुहोस्।’
5
“तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे।
6
बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।
7
तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।
8
“तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्।
9
यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’
10
तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
11
“तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
12
तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो।
13
“तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
14
किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
15
तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे।
16
तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामी जान्दछौं, तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको भय मान्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न।
17
यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
18
तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ?
19
कर तिर्ने सिक्का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए।
20
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?”
21
तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।”
22
यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।
23
मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्न गरे,
24
“गुरुज्यू, मोशाले भनेका छन्, कोही मानिस निस्सन्तान मर्यो भने उसको भाइचाहिँले दाजुकी पत्नीलाई विवाह गरेर दाजुको सन्तान खड़ा गर्नुपर्छ।
25
हाम्रा बीचमा सात दाजुभाइ थिए। जेठोले विवाह गरेपछि ऊ मर्यो, र सन्तान नभएकोले उसको भाइको निम्ति पत्नी छोड़ेर गयो।
26
उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्मले त्यसै गरे।
27
तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो।
28
यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती सातै जनामध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिई।”
29
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ।
30
किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्।
31
तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ?
32
‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”
33
यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे।
34
उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए।
35
तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे,
36
“गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?”
37
उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू।
38
महान् र प्रथम आज्ञा यही हो।
39
दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।
40
सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”
41
जब फरिसीहरू भेला भएका थिए, तब येशूले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो,
42
“ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”
43
उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी कसरी पुकार्न सक्छन्? उनी भन्छन्,
44
‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ’।”
45
यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने, ऊ कसरी तिनको पुत्र हुन्छ र?”
46
अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28