bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 18
Matthew 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
1
त्यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा महान् को हो?”
2
उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो,
3
र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ।
4
जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ।
5
जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ।
6
“तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ।
7
“पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार, त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ!
8
तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्त आगोमा फालिनुभन्दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ।
9
तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ।
10
“होशियार रहो, तिमीहरूले यी सानाहरूमध्ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छन्।
11
[ किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। ]
12
“तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्केर गयो भने, उसले उनान्सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जाँदैन र?
13
यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ।
14
यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्छा छ, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट नहोस्।
15
“तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
16
तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस्।
17
यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्।
18
“साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ।
19
“फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ,
20
किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।”
21
तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने? के सात पल्टसम्म?”
22
येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट।
23
“यसैकारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे।
24
जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्का ऋण लिने एक जना तिनीकहाँ ल्याइयो।
25
तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोरा-छोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए।
26
“तब त्यस नोकरले घुँड़ा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु।’
27
तब त्यस नोकरका मालिकले टिठ्याएर त्यसलाई छोडिदिए, र त्यसको ऋण माफी गरिदिए।
28
“तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी-नोकरहरूमध्ये एक जनालाई भेट्यो, जो त्यसको एक सय चाँदीका सिक्काको ऋणी थियो। उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, ‘तेरो ऋण तिरिहाल्।’
29
“तर त्यसको सङ्गी-नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गर्यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु।’
30
“तर त्यो मानेन, र गएर ऋण नतिरुञ्जेलसम्म उसलाई झ्यालखानमा हालिदियो।
31
त्यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए।
32
“तब मालिकले त्यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ।
33
मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन?’
34
तब त्यसका मालिकले क्रुद्ध भएर त्यसलाई सबै ऋण नतिरुञ्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए।
35
“तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।”
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28