bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 13
Matthew 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
1
त्यही दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो।
2
अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।
3
उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो।
4
अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।
5
केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।
6
तर जब घाम लाग्यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।
7
अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।
8
अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
9
जसको कान छ, त्यसले सुनोस्।”
10
अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?”
11
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन।
12
किनकि जससँग छ, त्यसलाई दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।
13
यसैकारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर सुनेर बुझ्दैनन्।’
14
यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।
15
किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
16
तर तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। तिमीहरूका कान धन्य हुन्, किनकि तिनले सुन्छन्।
17
साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्।
18
“बीउ छर्नेको दृष्टान्त सुन।
19
जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बीउचाहिँ त्यही हो।
20
ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ।
21
तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ, र वचनको कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ।
22
काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ।
23
तर असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, र बुझ्दछ, र साँच्चै फल फलाउँछ। त्यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
24
येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छर्यो।
25
तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।
26
जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो।
27
“घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्नो खेतमा असल बीउ छर्नुभएको होइन? त्यहाँ सामा कहाँबाट आयो?’
28
“घरको मालिकले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’
29
“तर उसले भन्यो, ‘त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ।
30
फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”
31
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो।
32
त्यो सबै बीउहरूमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र रूख नै भइहाल्छ। आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुँड़ लाउँछन्।”
33
उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।”
34
येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन।
35
अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।”
36
तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।”
37
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो।
38
खेत संसार हो। असल बीउचाहिँ राज्यको सन्तान हो, र सामा दुष्टको सन्तान हो।
39
सामा रोप्ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्त्य हो। खेतालाहरू स्वर्गदूतहरू हुन्।
40
“जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ।
41
मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन्,
42
र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।
43
तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्।
44
“स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ।
45
“फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो।
46
त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो।
47
“स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्।
48
अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्मा गरे, र खराब जतिलाई बाहिर फाले।
49
युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्,
50
र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।”
51
येशूले सोध्नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्यौं।”
52
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ।”
53
यी दृष्टान्तहरू बताइसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो।
54
अनि आफ्नो सहरमा आउनु भएर उहाँले तिनीहरूको सभाघरमा तिनीहरूलाई यस्तो शिक्षा दिनुभयो, कि छक्क परेर तिनीहरूले भने, “यिनलाई यो बुद्धि र अचम्मको काम गर्ने शक्तिहरू कहाँबाट प्राप्त भयो?
55
के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम, र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्?
56
के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?”
57
अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।”
58
अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिका धेरै कामहरू गर्नुभएन।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28