bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Matthew 17
Matthew 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
1
यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्नालाई आफूसँग एउटा उच्च पहाड़माथि अलग्गै लैजानुभयो।
2
तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्क्यो,
3
र उहाँका वस्त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे।
4
पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्छा भए म यहाँ तीन वटा वासस्थान बनाउनेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।”
5
तिनी बोल्दाबोल्दै, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो, र त्यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।”
6
जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्टो परे।
7
तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, “उठ, नडराओ।”
8
जब तिनीहरूले आफ्ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्।
9
जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्दैन, तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नू।”
10
अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्छन्?”
11
उहाँले तिनीहरूलाई भन्नुभयो, “एलिया साँच्ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्याउनेछन्।
12
तर म तिमीहरूलाई भन्दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नुपर्नेछ।”
13
तब उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे।
14
तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्यो,
15
“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारेरोग लागेको छ, र ठूलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ।
16
मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”
17
तब येशूले भन्नुभयो, “ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ मकहाँ ल्याओ।”
18
येशूले त्यसलाई हकार्नुभयो, र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो।
19
तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?”
20
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन।
21
[ तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्लँदैन।” ]
22
उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ।
23
अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” अनि तिनीहरू अत्यन्त दुःखित भए।
24
जब उहाँहरू कफर्नहुममा आउनुभयो, मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर भने, “के तिमीहरूका गुरुले तिरो तिर्दैनन्?”
25
तिनले भने, “हो, तिर्नुहुन्छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट?”
26
“अरूहरूबाट,” पत्रुसले जवाफ दिए। येशूले तिनलाई भन्नुभयो, “उसो भए छोराहरूले त छुट पाएका रहेछन्।
27
तर तिनीहरू हामीबाट नचिढ़िऊन् भन्ने हेतुले, समुद्रमा गएर बल्छी हान, र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28