bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 1
1 Kings 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
1
अब राजा दावीद धेरै वृद्ध भइसकेका थिए। तिनलाई जति लुगा ओढाइदिए तापनि तिनलाई न्यानो हुँदैनथ्यो।
2
यसकारण तिनका सल्लाहकारहरूले तिनलाई भने, “राजालाई रेखदेख गर्न र उहाँको स्याहार-सुसार गर्नलाई हामी एउटी कन्ये-केटी खोजौँ। त्यो हाम्रा मालिक महाराजासँग सुतोस् र हजुरलाई न्यानो पारोस्।”
3
तब तिनीहरूले इस्राएलभरि एउटी सुन्दरी कन्ये-केटीको खोजी गरे। अनि शूनेमबाट अबीशगलाई भेट्टाए, र त्यसलाई राजाकहाँ ल्याए।
4
ती केटी अति सुन्दरी थिइन्। तिनले राजाको स्याहार-सुसार र सेवा गरिन्। तर राजाले तिनीसँग सहबास गरेनन्।
5
त्यो समयमा दावीदका छोरा अदोनियाह, जसकी आमा हग्गीत थिइन्, तिनले अगि सरेर भने, “म राजा हुनेछु।” यसकारण तिनले रथहरू, घोडचढीहरू र आफ्ना अगि-अगि दौडनलाई पचास मानिसहरू ठिक पारे।
6
तिनका पिता दावीदले “तँ किन यस्तो व्यवहार गर्छस्?” भनेर कहिल्यै पनि तिनलाई हस्तक्षेप गरेनन्। तिनी पनि अति सुन्दर थिए, र अब्शालोमको ठिक पछि जन्मेका थिए।
7
अदोनियाहले सरूयाहका छोरा योआब र पुजारी अबीयाथारलाई आफ्नो हातमा लिए। तिनीहरूले तिनलाई आफ्नो समर्थन दिए।
8
तर पुजारी सादोक, यहोयादाका छोरा बनायाह, अगमवक्ता नातान, शिमी, रेई र दावीदका विशेष अङ्गरक्षकचाहिँ अदोनियाहसित सहमत भएनन्।
9
तब अदोनियाहले एन-रोगेलको छेउमा भएको जोहेलेतको ढुङ्गामा भेडा, गाईबस्तु र पोसिएका बाछाहरू बलिदान गरे। तिनले राजाका छोराहरू, अर्थात् आफ्ना सबै दाजुभाइहरूलाई र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्त्याए।
10
तर तिनले अगमवक्ता नातान, बनायाह, विशेष अङ्गरक्षक, अथवा तिनका भाइ सोलोमनलाई चाहिँ निम्त्याएनन्।
11
तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के हग्गीतका छोरा अदोनियाह राजा भएको तिमीले सुनेकी छैनौ? यसको बारेमा तिम्रा स्वामी दावीदलाई थाहै छैन।
12
अब तिमीले आफ्नो जीवन र तिम्रा छोरा सोलोमनको जीवन कसरी बचाउन सकिन्छ, सो म तिमीलाई सल्लाह दिनेछु।
13
अब दावीद राजाकहाँ गएर तिनलाई यसो भन्नू, ‘मेरा स्वामी महाराजा, के तपाईंले म तपाईंकी सेविकालाई मपछि तिम्रो छोरा सोलोमन निश्चय नै राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ भनेर शपथ खानुभएको थिएन र? त्यसो भए अहिले अदोनियाह नै किन राजा भए त?’
14
तिमी राजासित कुरा गर्दैगर्दा म भित्र आउनेछु, र तिमीले भनेको कुरामा म समर्थन गरिदिनेछु।”
15
यसकारण बतशेबा वृद्ध भएका राजालाई भेट्न भित्र तिनको कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहार-सुसार गरिरहेकी थिइन्।
16
तब बतशेबाले राजाको सामु निहुरेर दण्डवत् गरिन्। राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”
17
तिनले राजालाई भनिन्, “मेरा प्रभु, हजुर आफैँले म तपाईंकी सेविकालाई ‘तिम्रो छोरा सोलोमन मपछि राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ’ भनी याहवेह तपाईंका परमेश्वरको नाममा शपथ खानुभएको थियो।
18
तर अब अदोनियाह राजा भइसकेका छन् र हजुर मेरा प्रभु, महाराजालाई यो कुरा थाहै छैन।
19
तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेर राजाका छोराहरूलाई, पुजारी अबीयाथारलाई र तपाईंका फौजका सेनापति योआबलाई निम्तो दिएका छन्। तर तिनले हजुरको सेवक सोलोमनलाई निम्त्याएका छैनन्।
20
मेरा स्वामी महाराजा, हजुरपछि सिंहासनमा को बस्ने हो, सो जान्नलाई सारा इस्राएलले तपाईंतिर हेरिरहेका छन्।
21
नत्रता मेरा स्वामी महाराजा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गर्नसाथ, म र मेरो छोरो सोलोमन अपराधीहरूझैँ गनिनेछौँ।”
22
तिनी राजासित कुरा गर्दैगर्दा अगमवक्ता नातान आइपुगे।
23
अनि तिनीहरूले राजालाई “अगमवक्ता नातान यहाँ हुनुहुन्छ” भनिदिए। यसकारण तिनी राजाको सामु गए; अनि भुइँतिर निहुरेर दण्डवत् गरे।
24
नातानले भने, “के मेरा मालिक महाराजाले तपाईंपछि अदोनियाह राजा हुनेछन् र तिनी तपाईंको सिंहासनमा बस्नेछन् भनी घोषणा गर्नुभएको हो?
25
आज तल गएर तिनले धेरै संख्यामा पशुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान गरेका छन्। तिनले राजाका सबै छोराहरू, फौजका सेनापतिहरू र पुजारी अबीयाथारलाई पनि निम्त्याएका छन्। ठिक यसै बेला तिनीहरू उनीसित खाँदै, पिउँदै यसो भनिरहेका छन्, ‘राजा अदोनियाह अमर रहून्!’
26
तर तिनले म तपाईंको सेवकलाई र पुजारी सादोकलाई अनि यहोयादाका छोरा बनायाहलाई र तपाईंको सेवक सोलोमनलाई निम्त्याएनन्।
27
मेरा मालिक महाराजापछि उहाँको सिंहासनमा को बस्ने हो, भन्ने कुरा आफ्ना सेवकहरूलाई नबताई, के राजाले नै यसो गर्नुभएको हो?”
28
तब राजा दावीदले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसकारण तिनी राजाको उपस्थितिमा आएर तिनको सामु उभिइन्।
29
तब राजाले शपथ खाए: “मलाई प्रत्येक सङ्कष्टबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,
30
याहवेह इस्राएलका परमेश्वरको नाममा मैले तिमीसँग शपथ खाएको कुरा आज अवश्य म पालन गर्नेछु। तिम्रो छोरा सोलोमन नै मपछि राजा हुनेछ; अनि ऊ नै मेरो सट्टामा मेरो सिंहासनमा बस्नेछ।”
31
तब बतशेबाले भुइँतिर निहुरेर राजाको सामु दण्डवत् गर्दै भनिन्, “मेरा प्रभु, महाराजा दावीद सदासर्वदा अमर रहून्!”
32
दावीद राजाले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु आए,
33
राजाले तिनीहरूलाई भने, “आफ्ना मालिकका सेवकहरूलाई आफूसित लैजाओ, र मेरो छोरा सोलोमनलाई मेरो आफ्नै खच्चरमा चढाएर तल गीहोनमा लैजाओ।
34
त्यहाँ पुजारी सादोक र अगमवक्ता नातानले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तब तुरही फुक र ‘सोलोमन राजा अमर रहून्!’ भनेर कराओ।
35
तब तिमीहरू उसित जाओ, र ऊ आएर मेरो सिंहासनमाथि बसोस्। अनि मेरो ठाउँमा शासन गरोस्। मैले त्यसलाई इस्राएल र यहूदामाथि शासन गर्न नियुक्त गरेको छु।”
36
यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! याहवेह मेरा मालिक महाराजाका परमेश्वरले पनि यसरी नै घोषणा गरून्।
37
जसरी याहवेह मेरा मालिक महाराजासित हुनुहुन्थ्यो, उहाँ सोलोमनको साथमा पनि होऊन् र तिनको सिंहासन मेरा मालिक महाराजा दावीदको भन्दा पनि महान् बनाऊन्!”
38
यसकारण पुजारी सादोक, अगमवक्ता नातान यहोयादाका छोरा बनायाह, करेतीहरू र पेलेथीहरू तल झरे। तब सोलोमनलाई राजा दावीदको खच्चरमाथि चढाएर तिनलाई गीहोनसम्म सुरक्षापूर्वक लगे।
39
पुजारी सादोकले पवित्र पालबाट तेलको सिङ लिए। अनि सोलोमनलाई अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले “राजा सोलोमन अमर रहून्!” भनेर कराए।
40
तब सबै मानिसहरू सोलोमनको पछि-पछि बाँसुरीहरू बजाउँदै गए, र आनन्दको आवाज यति ठूलो थियो, कि त्यस आवाजको कारण जमिन पनि थर्कियो।
41
अदोनियाह र तिनका सबै पाहुनाहरू भोज खाइसक्न लागेका थिए, तब अदोनियाह र तिनीसित भएका सबै पाहुनाहरूले त्यो आवाज सुने। तुरहीको आवाज सुनेर योआबले भने, “सहरमा भएको यो खैलाबैलाको अर्थ के हो?”
42
तिनी बोलिरहेकै बेला अबीयाथार पुजारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्तो योग्य मानिसले असल खबर नै ल्याएको हुनुपर्छ।”
43
जोनाथनले अदोनियाहलाई जवाफ दिए, “अहँ, पटक्कै होइन! हाम्रा मालिक राजा दावीदले सोलोमनलाई राजा बनाउनुभएको छ।
44
अनि राजाले तिनीसित पुजारी सादोक, अगमवक्ता नातान, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ। अनि तिनीहरूले उनलाई राजाको खच्चरमा चढाएका छन्।
45
पुजारी सादोक र अगमवक्ता नातानले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्। त्यहाँबाट तिनीहरू आनन्द मनाउँदै उकालो गएका छन्; र सहर पनि त्यससितै गुञ्जायमान भएको छ। तपाईंले सुन्नुभएको हल्ला यही हो।
46
त्यति मात्र होइन, सोलोमनले आफ्नो आसन राज सिंहासनमाथि जमाएका छन्।
47
राजकीय अधिकृतहरू पनि ‘तपाईंका परमेश्वरले सोलोमनको नाम तपाईंको नामभन्दा महान् बनाऊन्। उहाँको सिंहासन तपाईंको भन्दा महान् बनाऊन्’ भन्दै मालिक महाराजा दावीदलाई बधाई दिन आएका छन्! अनि आफ्नो पलङमा आराधनाकासाथ निहुरेर राजाले भने,
48
‘याहवेह इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले आज मेरो सिंहासनमा एक जना उत्तराधिकारीलाई मेरो आँखाले देख्न दिनुभएको छ।’ ”
49
यसमा अदोनियाहका सबै पाहुनाहरू आत्तिएर उठे, र यताउता लागे।
50
तर अदोनियाहले चाहिँ सोलोमनको डरले गएर वेदीका सिङहरू पक्रे।
51
तब सोलोमनलाई यसो भनियो, “अदोनियाह राजा सोलोमनसित डराएर वेदीका सिङहरू समातेर बसिरहेका छन्। तिनी भन्छन्, ‘राजा सोलोमनले उहाँको सेवकलाई तरवारले मार्नुहुनेछैन भनी मसित शपथ खाऊन्।’ ”
52
सोलोमनले जवाफ दिए, “यदि तिनले आफूलाई योग्य मानिसझैँ देखाउँछन् भने तिनको टाउकाको एउटै केश पनि भुइँमा खस्नेछैन; तर तिनमा दुष्टता पाइयो भने तिनी मर्नेछन्।”
53
तब राजा सोलोमनले मानिसहरू पठाए; अनि तिनीहरूले तिनलाई वेदीबाट तल ल्याए। अदोनियाहले आएर राजा सोलोमनलाई दण्डवत् गरे, र सोलोमनले तिनलाई भने, “आफ्नो घरमा जाऊ!”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22