bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 11
1 Kings 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
1
राजा सोलोमनले धेरै विदेशी स्त्रीहरूसित प्रेम गरे। तिनले फारोकी छोरीबाहेक मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्तीहरूसित विवाह गरे।
2
तिनीहरू ती राष्ट्रहरूका थिए, जसको विषयमा याहवेहले इस्राएलीहरूलाई, “तिमीहरूले तिनीहरूसित अन्तर-विवाह नगर्नू। किनकि निश्चय नै तिनीहरूले तिमीहरूका हृदयलाई तिनीहरूका देवी-देवताहरूतिर फर्काइदिनेछन्।” भन्नुभएको थियो, तैपनि सोलोमन तिनीहरूको प्रेममा आसक्त भए।
3
तिनका राज घरानामा जन्मिएका सात सय पत्नीहरू, र तीन सय उपपत्नीहरू थिए। तिनका पत्नीहरूले तिनलाई याहवेहबाट बहकाए।
4
सोलोमनको उमेर ढल्कँदै जाँदा तिनका पत्नीहरूले तिनको हृदय अन्य देवी-देवताहरूतिर फर्काइदिए र तिनको हृदय तिनका पिता दावीदको जस्तै सम्पूर्ण रूपले परमेश्वरप्रति विश्वासयोग्य भएन।
5
तिनले सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूका घिनलाग्दा देवता मोलेखको आराधना गरे।
6
यसरी सोलोमनले याहवेहको दृष्टिमा दुष्टता गरे; तिनले आफ्ना पिता दावीदले झैँ पूर्ण रूपले याहवेहलाई पछ्याएनन्।
7
सोलोमनले यरूशलेमको पूर्वपट्टिको पहाडमा मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलेखका निम्ति एउटा उच्च देवस्थान बनाइदिए।
8
यसरी तिनले तिनका सबै विदेशी पत्नीहरूका निम्ति उनीहरूका आ-आफ्ना देवताहरूका सामु धूप बाल्ने र बलिदान चढाउने ठाउँ बनाइदिए।
9
सोलोमनकहाँ दुई पल्ट देखा पर्नुहुने याहवेह, इस्राएलका परमेश्वरदेखि तिनी तर्किगएकाले याहवेह तिनीसित रिसाउनुभयो।
10
याहवेहले अन्य देवी-देवताहरूको पछि लाग्नदेखि मनाही गर्नुभएको भए तापनि सोलोमनले उहाँको आज्ञापालन गरेनन्।
11
यसकारण याहवेहले सोलोमनलाई भन्नुभयो, “तेरो व्यवहार यस्तो भएकोले, र मैले तँलाई आज्ञा गरेका मेरो करार र उर्दीहरू पालन नगरेकोले, म निश्चय नै तेरो यो राज्य तँबाट खोसेर तेरो एक जना सेवकलाई दिनेछु।
12
तैपनि तेरो पिता दावीदको कारण, म तेरो जीवनकालमा यसो गर्नेछैनँ। म यो राज्य तेरो छोराको हातबाट खोस्नेछु।
13
तापनि म त्यसबाट सम्पूर्ण राज्य खोस्नेछैनँ; तर मेरो सेवक दावीदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म त्यसलाई एउटा कुलचाहिँ दिनेछु।”
14
तब याहवेहले एदोमको राजकीय घरानाको एदोमी हददलाई सोलोमनको विरुद्धमा खडा गराउनुभयो।
15
सुरुमा जब दावीदले एदोमसित लडाइँ गर्दैगर्दा, फौजका सेनापति योआबले मरेकाहरूलाई गाड्न गएको बेला, एदोमका सबै पुरुषहरूलाई मारेका थिए।
16
एदोममा भएका सबै मानिसहरूलाई नष्ट नपारेसम्म, योआब र सारा इस्राएलीहरू छ महिनासम्म त्यहीँ बसेका थिए।
17
तर त्यस बेला हददचाहिँ सानै थिए। अनि आफ्ना पिताको सेवा गर्ने केही एदोमी अधिकृतहरूसित भागेर तिनी इजिप्टमा पुगे।
18
तिनीहरू मिद्यानबाट हिँडे, र पारानमा गए। तब आफूसित पारानका मानिसहरू लिएर तिनीहरू इजिप्टमा त्यहाँका राजा फारोकहाँ गए, जसले हददलाई एउटा घर, जमिन र भोजन जुटाइदिए।
19
हददसित फारो यति खुशी भए कि तिनले आफ्नी पत्नी रानी तहपनेसकी बहिनीलाई तिनीसित विवाह गरिदिए।
20
तहपनेसकी बहिनीले गनूबत नाम गरेको एउटा छोरा जन्माइन् र गनूबतलाई राजकीय महलमा फारोका छोराछोरीसित हुर्काइन्।
21
हदद इजिप्टमा हुँदा तिनले दावीद आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरेको र फौजका सेनापति योआबको पनि मृत्यु भएको कुरा सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नै देशमा फर्केर जान दिनुहोस्।”
22
फारोले सोधे, “तपाईंलाई यहाँ के कुराको अभाव छ र तपाईं आफ्नै देशमा जान चाहनुहुन्छ?” हददले जवाफ दिए, “केही कुराको अभाव छैन; तैपनि बिन्ती छ, मलाई जान दिनुहोस्!”
23
परमेश्वरले सोलोमनको विरुद्धमा अर्को विरोधीलाई खडा गर्नुभयो, जो एल्यादाको छोरो रेसोन थियो, र त्यो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेको थियो।
24
जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए।
25
सोलोमन बाँचुन्जेल रेसोन इस्राएलका विरोधी नै भइरहे, जसले हददले निम्त्याएका समस्यामा अझ थपिदिए। तसर्थ रेसोनले अराममा राज्य गरे र इस्राएलसँग शत्रुता राखे।
26
नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सार्तानको एक एफ्राइमी र सोलोमनका एक अधिकारी थिए। तिनकी सेरूआ नाम भएकी विधवा आमा थिइन्।
27
यारोबामले किन राजाको विरोध गरे, त्यसको वृतान्त यस्तो छ: सोलोमनले आधारका लागि कौसीहरू बनाए र तिनका पिता दावीदको सहरको पर्खालका खाली ठाउँलाई भरिदिएका थिए।
28
यारोबामचाहिँ होनहार जवान थिए। ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफको घरानाका सम्पूर्ण मजदुरहरूका नाइके बनाइदिए।
29
त्यस बेला यारोबामचाहिँ यरूशलेमबाट बाहिर जाँदैथिए, र तिनलाई नयाँ खास्टो ओढेका शीलोका अगमवक्ता अहीयाहले बाटोमा भेटे। त्यस मैदानमा तिनीहरू दुई जना मात्र थिए।
30
अहीयाहले आफूले ओढेको नयाँ खास्टो समाते र त्यसलाई च्यातेर बाह्र टुक्रा पारे।
31
तब तिनले यारोबामलाई भने, “तिमीले आफ्ना निम्ति दश टुक्रा लेऊ; किनकि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘हेर्, म सोलोमनको हातबाट राज्य खोसेर तँलाई दश वटा कुल दिनेछु।
32
तर मेरो सेवक दावीद र यरूशलेम सहरको खातिर, जसलाई मैले इस्राएलका कुलहरूबाट चुनेँ, एउटा कुल त्यससित रहनेछ।
33
म यो गर्नेछु, किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीमहरूको देवता मोलेखलाई पुजेका छन्; अनि मेरा मार्गहरूमा हिँडेका छैनन्। न त मेरो दृष्टिमा जे ठिक छ, ती गरेका छन्; न त सोलोमनका पिता दावीदले झैँ मेरा उर्दीहरू, व्यवस्थाहरू पालन गरेका छन्।
34
“ ‘तर म सोलोमनको हातबाट सम्पूर्ण राज्य लानेछैनँ। मैले चुनेको मेरो दास दावीदको खातिर म सोलोमनलाई त्यसको जीवनकालभरिको लागि शासक बनाइराख्नेछु। किनकि उसले मेरा आज्ञाहरू र उर्दीहरू पालन गरेको थियो।
35
म त्यसको छोराको हातबाट राज्य लिएर तँलाई दश कुल दिनेछु।
36
म त्यसको छोरालाई एक कुल दिनेछु; ताकि मैले आफ्नो नाम राख्न चुनेको यरूशलेम सहरमा मेरो सेवक दावीदको निम्ति एउटा बत्ती सधैँभरि मेरो सामु बलिरहोस्।
37
तैपनि तेरो विषयमा चाहिँ म तँलाई लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैँले शासन गर्नेछस्; र तँ इस्राएलको राजा हुनेछस्।
38
मैले आज्ञा दिएका सबै कुराहरू तैँले पालन गरिस् र मेरा सेवक दावीदले गरेझैँ मेरा मार्गहरूमा हिँडिस्, मेरा उर्दीहरू र आज्ञाहरू पालन गरेर मेरो दृष्टिमा जे ठिक छ, त्यो गरिस् भने म तँसित हुनेछु। मैले दावीदको निम्ति गरेझैँ म तेरो निम्ति एउटा वंश खडा गरिदिनेछु, र इस्राएल तँलाई दिनेछु।
39
यसैकारण म दावीदको सन्तानलाई नम्र तुल्याउनेछु, तर सधैँभरिका लागि होइन।’ ”
40
सोलोमनले यारोबामलाई मार्न खोजे, तर यारोबाम इजिप्टमा राजा शीशककहाँ भागेर गए। सोलोमनको मृत्यु नभएसम्म त्यहीँ बसे।
41
सोलोमनको शासनकालका अरू घटनाहरूको विषयमा, र तिनले गरेका सबै कामहरू अनि देखाएका सबै बुद्धिहरूको विषयमा सोलोमनको इतिहासको पुस्तकमा ती लेखिएका छन्।
42
सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे।
43
त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22