bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 9
1 Kings 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
1
जब राजा सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके, तब तिनले इच्छा गरेका सबै कुराहरू हासिल गरे।
2
अनि याहवेह तिनीकहाँ गिबोनमा देखापर्नुभएझैँ दोस्रो पल्ट तिनीकहाँ देखा पर्नुभयो।
3
याहवेहले तिनलाई भन्नुभयो: “तैँले मेरो सामु चढाएको प्रार्थना र अर्जबिन्ती मैले सुनेको छु। तैँले बनाएको यस मन्दिरलाई मैले त्यहाँ सदाका निम्ति आफ्नो नाम राखेर पवित्र गरेको छु। मेरो नजर र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
4
“तेरो विषयमा चाहिँ, तँ तेरा पिता दावीदझैँ, हृदयको इमानदारी र सोझोपनमा विश्वासयोग्य भएर मेरो सामु हिँडिस्। अनि मैले आज्ञा गरेका सबै आदेश र व्यवस्थाहरू पालन गरिस् भने,
5
‘इस्राएलको सिंहासनमाथि बस्नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले तेरा पिता दावीदलाई प्रतिज्ञा गरेझैँ, म इस्राएलमाथि तेरो सिंहासन सदाका लागि स्थापित गर्नेछु।
6
“तर तँ अथवा तेरा छोराहरू मदेखि तर्केर गए, र मैले तँलाई दिएका आज्ञाहरू र आदेशहरू मानेनन् भने, र अन्य देवी-देवताहरूको सेवा गर्दै तिनीहरूलाई पूजा गरे भने,
7
मैले इस्राएललाई दिएको यस देशबाट म तिनीहरूलाई हटाउनेछु। अनि मैले आफ्नो नामको निम्ति पवित्र गरेको यस मन्दिरलाई म इन्कार गर्नेछु। तब इस्राएल सबै जातिहरूका बीचमा एउटा निन्दा र हाँसोको पात्र बन्नेछ।
8
अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट जाने सबैले चकित हुँदै खिसी गरेर यसो भन्नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यसो गर्नुभएको होला?’
9
तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
10
याहवेहको मन्दिर र राजमहल, यी दुई वटा भवनहरू बनाउन सोलोमनलाई बीस वर्ष लाग्यो। त्यो समयको अन्त्यमा,
11
राजा सोलोमनले टायरका राजा हीरामलाई गालीलका बीस वटा नगरहरू दिए। किनकि हीरामले तिनलाई चाहिए जति देवदारु, सल्लाका काठ र सुन दिएका थिए।
12
तर जब सोलोमनले हीरामलाई दिएका नगरहरू हेर्नलाई तिनी टायरबाट त्यहाँ गए, तिनले ती सहरहरू मन पराएनन्।
13
अनि तिनले सोधे, “मेरा भाइ, तपाईंले मलाई यी कस्ता किसिमका नगरहरू दिनुभयो?” अनि तिनले तिनीहरूलाई काबूल देश भन्ने नाम दिए; जुन नाम आजको दिनसम्मै छँदैछ।
14
हीरामले सोलोमनलाई 120 टालेन्ट सुन पठाएका थिए।
15
राजा सोलोमनले याहवेहको मन्दिर, उनको राजमहल, कौसीहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउँदा ज्यालाविना खटाएका मानिसहरूको विवरण यस्तो छ।
16
(इजिप्टका राजा फारोले गेजेरलाई आक्रमण गरेर जितेका थिए। अनि त्यसलाई आगो लगाइदिएका थिए। तिनले त्यस सहरमा बस्ने कनानीहरूलाई मारेर त्यो आफ्नी छोरी, अर्थात् सोलोमनकी पत्नीलाई उपहारस्वरूप दिए।
17
अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले यी कुराहरू बनाए: तल्लो बेथ-होरोन,
18
तिनको देशभित्र मरुभूमिमा भएको बालात र तादमोर,
19
यसको साथमा आफ्ना रथहरू र घोडाहरू राख्न तिनले भण्डार सहरहरू र नगरहरू बनाए। अनि यरूशलेममा, लेबनानमा र तिनले शासन गरेका सबै प्रान्तहरूमा तिनले जे जति बनाउने इच्छा गरेका थिए, ती सबै पूरा गरे।
20
बाँकी रहेका एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू, यबूसीहरू (यी मानिसहरू इस्राएली थिएनन्),
21
अर्थात् तिनीहरूका देशमा बाँकी रहेका सन्तानहरू, जसलाई इस्राएलीहरूले नष्ट पार्न सकेका थिएनन्। सोलोमनले तिनीहरूलाई दासको रूपमा काम गर्न बाध्य बनाएका थिए, जुन आजको दिनससम्मै कायम छँदैछ।
22
तर सोलोमनले इस्राएलीहरूबाट कसैलाई पनि दास बनाएनन्। तिनीहरू तिनका लडाकु मानिसहरू, सरकारी अधिकारीहरू, तिनका अधिकृतहरू र तिनका रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
23
सोलोमनले आफ्ना परियोजनाहरूमा काम गर्ने मानिसहरूमाथि रेखदेख गर्न 550 जना अधिकारीहरूलाई नियुक्त गरे।
24
दावीदको सहरबाट फारोकी छोरी सोलोमनले तिनका निम्ति बनाएको राजमहलमा आएपछि तिनले कौसीहरू बनाए।
25
सोलोमनले वर्षमा तीन पल्ट याहवेहका निम्ति आफूले बनाएको वेदीमा होमबलि र मेलबलि चढाउँथे। अनि यसका साथसाथै याहवेहको सामु धूप बाल्थे। यसरी तिनले मन्दिरमा गर्नुपर्ने कर्तव्यहरू पूरा गरे।
26
राजा सोलोमनले लाल समुद्रको किनारमा, एदोमको एलोतको छेउमा भएको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए।
27
अनि हीरामले आफ्ना मानिसहरू, अर्थात् समुद्रका अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित जहाजको बेडामा सेवा गर्न पठाए।
28
तिनीहरू समुद्री यात्रा गरेर ओपीरमा गए। अनि चार सय बीस टालेन्ट सुन ल्याए, र ती सुन राजा सोलोमनलाई सुम्पिदिए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22