bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 10
1 Kings 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
1
जब शेबाकी रानीले सोलोमनको ख्याति अनि याहवेहप्रतिको तिनको भक्तिभावको बारेमा सुनिन्, तब तिनी कठिन प्रश्नहरू सहित तिनको जाँच गर्नलाई आइन्।
2
तिनी मसलाहरू, धेरै मात्रामा सुन र मूल्यवान् पत्थरहरू लादिएका ऊँटहरू लिएर अति लामो लावालस्करका साथमा यरूशलेममा आइपुगिन्। जब तिनले सोलोमनलाई भेटिन्, तब आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा तिनीसित कुरा गरिन्।
3
सोलोमनले तिनका सबै प्रश्नहरूको उत्तर दिए। तिनका सबै कुरा वर्णन गर्न राजालाई कुनै कठिन थिएन।
4
जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि र तिनले बनाएको राजमहल,
5
तिनको टेबुलको भोजन, तिनका अधिकारीहरूको बसाइ, भव्य पोशाक पहिरिएका सेवकहरू, तिनका प्याला टक्राउनेहरू अनि याहवेहको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखेर छक्क परिन्।
6
तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
7
तर पनि आइकन आफ्नै आँखाले नदेखेसम्म मैले यी कुराहरू पत्याएकै थिइनँ। वास्तवमा मलाई त यसको आधा पनि बताइएको रहेनछ; तपाईं बुद्धिमा र धनमा मैले सुनेको चर्चाभन्दा पनि धेरै माथि हुनुहुँदोरहेछ।
8
तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
9
याहवेह तपाईंका परमेश्वरलाई प्रशंसा होस्, जसले तपाईंसित प्रसन्न भएर तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभयो। इस्राएलप्रति याहवेहको अनन्त प्रेमको कारण उहाँले तपाईंलाई न्याय र धार्मिकता कायम राख्नलाई राजा बनाउनुभएको छ।”
10
तब तिनले राजालाई 120 टालेन्ट सुन, धेरै मात्रामा मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जति धेरै मात्रामा मसाला दिइन्, त्यति धेरै फेरि कहिल्यै आएन।
11
(ओपीरबाट सुन ल्याउने हीरामका जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याए।
12
राजाले चन्दनका काठहरू याहवेहको मन्दिर अनि राजमहलमा टेको बनाउन र वाद्य-वादकहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा प्रयोग गरे। त्यस दिनदेखि यता त्यत्तिको मात्रामा चन्दनको काठ भित्र्याइएको वा देखिएको छैन।)
13
शेबाकी रानीलाई पनि तिनले इच्छा गरेका र मागेका सबै चीज दिए, र तीबाहेक राजा सोलोमनले आफ्नो राजकीय प्रशस्तताबाट पनि दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
14
सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
15
यसमा व्यापारी र व्यवसायीहरू, अरबका राजाहरू र देशका राज्यपालहरूद्वारा ल्याइएको राजकर सामेल थिएन।
16
राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
17
तिनले तीन सय वटा पिटेको सुनका स-साना ढालहरू बनाए, जसमा प्रत्येक ढालमा तीन मीना सुन थियो। राजाले ती लेबनानको वनमा भएको महलमा राखे।
18
त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; अनि त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
19
त्यस सिंहासनमा छ वटा खुड्किलाहरू थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो बनाइएको थियो। आसनका दुवैतिर हात राख्ने बाहु थिए। प्रत्येक बाहुको छेउ-छेउमा एक-एक वटा सिंह खडा गरिएको थियो।
20
ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
21
राजा सोलोमनका सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
22
हीरामका जहाजहरूको साथमा, राजाका व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तीन वर्षमा ती जहाजहरूले सुन, चाँदी, हस्तीदन्त, ढेढुहरू र मयूरहरू लिएर आउँथे।
23
यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
24
परमेश्वरले तिनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति सारा जगत् तिनको सामु जाने इच्छा गर्दथ्यो।
25
वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू, मसलाहरू, घोडाहरू र खच्चरहरू ल्याउँथे।
26
सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे।
27
राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
28
सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट आयात गरिन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे।
29
तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा र एउटा घोडाचाहिँ एक सय पचास शेकेलमा किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22