bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 17
1 Kings 17
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
1
गिलादको तिश्बीबाटका तिश्बी एलियाले आहाबलाई भने, “मैले सेवा गरेका याहवेह, इस्राएलका जीवित परमेश्वरलाई साक्षी राखी भन्दछु, कि आउँदा केही वर्षहरूमा मैले नभनेसम्म न त शीत पर्नेछ, न त पानी पर्नेछ।”
2
तब याहवेहको वचन एलियाकहाँ आयो:
3
“यो ठाउँ छोडेर पूर्वपट्टि लाग्, र यर्दनको पूर्वपट्टि भएको करीतको खोल्सामा गएर लुकेर बस्।
4
तैँले खोलाको पानी पिउनेछस्; र तँलाई खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
5
यसकारण याहवेहले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वपट्टिको करीतको खोल्सामा गएर बसे।
6
कागहरूले तिनलाई बिहान रोटी र मासु ल्याइदिन्थे; अनि साँझमा पनि रोटी र मासु ल्याइदिन्थे; र तिनले त्यस खोलाको पानी पिउँथे।
7
केही समयपछि देशमा पानी नपरेको कारणले त्यो खोला सुक्यो।
8
तब याहवेहको वचन तिनीकहाँ आयो:
9
“झट्टै सीदोनको सारपतमा जा र त्यहाँ बस्। तँलाई भोजन दिनू भनेर मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।”
10
यसकारण तिनी सारपतमा गए। तिनी त्यस सहरको मूलढोकामा आइपुग्दा त्यहाँ एउटी विधवा दाउरा बटुल्दै थिइन्। तिनले उनलाई बोलाएर सोधे, “कृपया तिमीले मलाई एउटा लोहोटामा अलिकति पानी ल्याइदिन्छौ कि ताकि म पिउन पाऊँ?”
11
ती विधवा पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “अनि दया गरी मलाई एक टुक्रा रोटी पनि ल्याइदेऊ।”
12
तिनले जवाफ दिइन्, “जीवित याहवेह तपाईंका परमेश्वरलाई साक्षी राखेर भन्दछु, मसित एउटै रोटी पनि छैन। एउटा भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलिकति तेलबाहेक केही छैन। म आफैँ र मेरा छोराका निम्ति खानेकुरा बनाएर खाई मरौँला भनी घरमा लैजान केही दाउरा बटुल्दैछु।”
13
एलियाले उनलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर तिमीसित जे छ, पहिले त्यसबाट मेरा निम्ति एउटा रोटी पकाएर मकहाँ ल्याऊ; अनि त्यसपछि तिमी र तिम्रो छोराका निम्ति केही बनाऊ!
14
किनकि याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘याहवेहले यस देशमा वर्षा नपठाउनुभएसम्म भाँडाको पिठो र ढुङ्ग्रोको तेल रित्तिनेछैन।’ ”
15
अनि तिनी गइन्, र एलियाले तिनलाई भनेझैँ गरिन्। यसरी एलिया र ती स्त्रीका परिवारको निम्ति धेरै दिनका निम्ति भोजन भइरह्यो।
16
किनकि एलियाद्वारा याहवेहले भन्नुभएझैँ भाँडोको पिठो रित्तिएन; न त ढुङ्ग्रोको तेल नै सकियो।
17
केही समयपछि त्यस घरकी मालिक्नीको छोरा बिरामी भयो; अनि त्यो यति साह्रो हुँदैगयो, कि आखिरमा त्यसले सास फेर्नै छोड्यो।
18
तिनले एलियालाई भनिन्, “हे परमेश्वरका जन, तपाईंले मेरो विरुद्धमा किन यस्तो गर्नुभयो? के तपाईं मेरो पाप सम्झना गराउन र मेरो छोरालाई मार्न भनी मकहाँ आउनुभएको हो?”
19
एलियाले जवाफ दिए, “तिम्रो छोरा मलाई देऊ।” तिनले त्यस केटोलाई उनका हातबाट लिए, र आफू बस्ने माथिल्लो कोठामा लगेर त्यसलाई आफ्नो ओछ्यानमा सुताए।
20
तब तिनले याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्वर, म जुन विधवासित बस्दैछु, तिनको छोरालाई मारेर किन उनीमाथि पनि यो विपत्ति ल्याउनुभएको हो?”
21
तब तिनी तीन पल्ट त्यस केटोमाथि लमतन्न भई पस्रे; र याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्वर, यस बालकको प्राण ऊसभित्र फेरि फर्केर आओस्!”
22
याहवेहले एलियाको पुकार सुन्नुभयो; अनि त्यस बालकको प्राण त्यसकहाँ फर्केर आयो, र त्यो जिउँदो भयो।
23
अनि एलियाले त्यस बालकलाई उठाएर कोठाबाट बोकेर तल ल्याए; अनि त्यसकी आमालाई दिएर भने, “हेर, तिम्रो छोरा जीवितै छ!”
24
तब ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो कि तपाईं परमेश्वरका जन हुनुहुन्छ; अनि तपाईंको मुखबाट निस्केको याहवेहको वचन सत्य रहेछ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22