bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 16
1 Kings 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
1
तब याहवेहको वचन हनानीका छोरा येहूद्वारा बाशाको विरुद्धमा आयो:
2
“मैले तँलाई धुलोबाट माथि उठाएर मेरो जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। तर यारोबामका मार्गहरूमा तँ हिँडिस्; र मेरा जाति इस्राएललाई पाप गर्न लगाइस्। तिनीहरूका पापले गर्दा मलाई रिस उठेको छ।
3
यसकारण म बाशा र त्यसको घरानालाई नाश पार्नेछु। म तेरो घरानालाई नबातका छोरा यारोबामको घरानालाई जस्तै मेटिदिनेछु।
4
बाशाका घरानाकाहरू, सहरमा मर्नेहरूलाई कुकुरले खानेछन्, र गाउँमा मर्नेहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्।”
5
बाशाका शासनका अरू घटनाहरू, तिनले गरेका कार्य र तिनका उपलब्धीहरूका विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
6
बाशा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिर्सामा गाडिए; अनि तिनीपछि तिनका छोरा एलाह राजा भए।
7
यसबाहेक याहवेहको वचन हनानीका छोरा अगमवक्ता येहूद्वारा बाशा र तिनका घरानाको विरुद्धमा आयो। यसो हुनुको कारणचाहिँ बाशाले पनि यारोबामको घरानाले जस्तै याहवेहको दृष्टिमा जे दुष्टता थियो त्यही गरेका थिए, र तिनले यारोबामको परिवारलाई पनि नाश गरे। यसरी बाशानले पाप गरेर याहवेहलाई रिस उठाए।
8
यहूदाका राजा आसाको छब्बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए; र तिनले तिर्सामा दुई वर्ष राज्य गरे।
9
तिनका सेवक जिम्रीले, जो आधा राजकीय रथहरूका सेनापति थिए, तिनको विरुद्धमा षड्यन्त्र रचे। त्यस बेला एलाचाहिँ तिर्सामा आफ्नो दरबारका प्रशासक अर्साको घरमा मद्यपान गरिरहेका थिए।
10
यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले दरबारभित्र पसेर तिनलाई प्रहार गरेर मारे। तब जिम्री नै तिनीपछि राजा भए।
11
जिम्रीले सिंहासनमा बसेर शासन सुरु गर्नसाथ बाशाको सम्पूर्ण घरानालाई मारिदिए। चाहे आफन्त होस् वा मित्र, तिनले कुनै पुरुषलाई पनि जीवित राखेनन्।
12
यसरी याहवेहले आफ्नो सेवक अगमवक्ता येहूद्वारा बोल्नुभएको वचनअनुसार जिम्रीले बाशाको सम्पूर्ण परिवारलाई नाश गरे।
13
बाशा र तिनका छोरा एलाहले गरेका सम्पूर्ण पापहरू र इस्राएललाई पनि पाप गर्न लगाएको कारण र तिनीहरूका व्यर्थका मूर्तिहरूले याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाएको कारण यो सबै भएको थियो।
14
एलाहको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
15
यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म राज्य गरे। त्यस बेला इस्राएली फौजले चाहिँ एउटा पलिश्ती सहर गिब्बतोनको छेउमा छाउनी हालेका थिए।
16
जब जिम्रीले राजाको विरुद्धमा षड्यन्त्र गरेर तिनको हत्या गरेको कुरा छाउनीमा भएका इस्राएलीहरूले सुने, तब तिनीहरूले त्यसै दिन फौजका सेनापति ओम्रीलाई इस्राएलमाथि राजा घोषणा गरे।
17
तब ओम्री र तिनीसित भएका सारा इस्राएलीहरू गिब्बतोनबाट निस्केर गए; र तिर्सालाई घेरे।
18
जब जिम्रीले सहर आफ्नो कब्जाबाट गइसकेको देखे, तब तिनी दरबारको किल्लाभित्र पसे; र राज दरबारको चारैतिर आगो लगाइदिए। यसरी तिनी आफैँ पनि जलेर मरे।
19
किनकि तिनले याहवेहको दृष्टिमा दुष्टता गरेर पाप गरे, र यारोबामका मार्गहरूमा हिँडे; अनि तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए।
20
जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेका विद्रोहको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
21
तब इस्राएलका मानिसहरू दुई दलमा विभाजित भए। आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन चाहन्थे; र बाँकी आधाले चाहिँ ओम्रीलाई साथ दिए।
22
तर ओम्रीका पछि लाग्नेहरूले गीनतका छोरा तिब्नीका पछि लाग्नेहरूलाई परास्त गरे। यसकारण तिब्नी मारिए, र ओम्री राजा भए।
23
यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलमा राजा भए। तिनले बाह्र वर्ष राज्य गरे; छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे।
24
तिनले शेमेरबाट दुई टालेन्ट चाँदीमा सामरियाको डाँडा किने। त्यस डाँडामा एउटा सहर बनाए र त्यसलाई डाँडाका पहिलेका मालिक शेमेरको नामबाट सामरिया नाम राखे।
25
तर ओम्रीले याहवेहको दृष्टिमा दुष्टता गरेर आफूभन्दा अगिका राजाहरूले भन्दा अझ बढी पाप गरे।
26
तिनी नबातका छोरा यारोबाम र तिनका सबै मार्गहरूमा हिँडे; तिनले त्यही पाप गरे, जुन यारोबामले इस्राएललाई गर्न लगाएका थिए। यसरी तिनीहरूले आफ्ना व्यर्थका मूर्तिहरूद्वारा याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाए।
27
ओम्रीको शासनका अरू घटनाहरू, तिनले गरेका कार्य, र तिनका उपलब्धीहरूका विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
28
ओम्री आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा आहाब राजा भए।
29
यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए; र तिनले सामरियामा इस्राएलमाथि बाइस वर्ष राज्य गरे।
30
ओम्रीका छोरा आहाबले याहवेहको दृष्टिमा आफ्ना अगिका सबै राजाहरूले भन्दा अझ बढी दुष्टता गरे।
31
तिनले नबातका छोरा यारोबामका पापहरूमा हिँड्न मामूली कुराजस्तै मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, अनि बाल-देवताको सेवा गरेर त्यसलाई पुजे।
32
तिनले सामरियामा बालको मन्दिर बनाएर त्यसका निम्ति एउटा वेदी बनाए।
33
आहाबले अशेराको खाँबो पनि खडा गरे। यसरी आफूअगिका इस्राएलका राजाहरूले भन्दा बढी याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाउने कामहरू गरे।
34
आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। तिनले त्यसको जग बसाल्दा तिनको जेठा छोरा अबीरामको मृत्यु भयो। अनि त्यसका मूलढोकाहरू बनाउँदा तिनको कान्छा छोरा सगूबको मृत्यु भयो। यो सबै याहवेहले नूनका छोरा यहोशूलाई भन्नुभएअनुसार नै हुनगयो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22