bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Kings 15
1 Kings 15
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
1
नबातका छोरा यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।
2
तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।
3
तिनले आफूअगिका तिनका पिताले गरेका सबै पापहरू गरे। तिनको हृदय तिनका पुर्खा दावीदको झैँ याहवेहप्रति सम्पूर्ण रूपले समर्पित थिएन।
4
तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो।
5
किनकि दावीदले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।
6
अबीयाहको जीवनकालभरि रहबाम र यारोबामको बीचमा लडाइँ भइरह्यो।
7
अबीयाहको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा ती यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। अबीयाह र यारोबामको बीचमा निरन्तर युद्ध भइरह्यो।
8
अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए।
9
इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए।
10
तिनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। तिनकी हजुरआमाको नाम माका थियो, जो अबीशालोमकी छोरी थिइन्।
11
आसाले आफ्ना पिता दावीदले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
12
तिनले देशबाट देवस्थानहरूमा भएका देवदासहरूलाई निकालिदिए। देशलाई आफ्ना पिताले बनाएका मूर्तिहरूदेखि मुक्त गरे।
13
राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
14
तिनले अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो।
15
तिनले याहवेहको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए।
16
आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्यो।
17
इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।
18
तब आसाले याहवेहको मन्दिरभित्र र आफ्नै महलभित्र भएका सबै चाँदी र सुन लिए। तिनले त्यसलाई आफ्ना अधिकारीहरूको जिम्मामा सुम्पेर तिनीहरूलाई दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ पठाइदिए। बेन-हदद तब्रिमोनका छोरा र हेज्योनका नाति थिए।
19
तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ उपहारस्वरूप चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
20
तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनले नप्ताली सहित इयोन, दान, हाबिल-बेथ-माका र सम्पूर्ण किन्नरेतलाई कब्जा गरे।
21
बाशाले यो सुनेपछि रामालाई निर्माण गर्न छोडिदिए, र तिर्सामा फर्के।
22
तब राजा आसाले कसैलाई पनि नछोडी सारा यहूदामा एउटा हुकुम जारी गरे। तिनीहरूले बाशाले रामामा प्रयोग गर्दै गरेका ढुङ्गाहरू र काठहरू बोकेर लगे। ती सामानद्वारा राजा आसाले बेन्यामीनमा गेबा र मिस्पा बनाए।
23
राजा आसाका जीवनकालका अरू घटनाहरू, तिनका सारा उपलब्धीहरू तिनले गरेका सबै कामहरू र तिनले बनाएका सहरहरूका विषयमा यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। तैपनि तिनको वृद्धावस्थामा तिनका खुट्टामा रोग लाग्यो।
24
तब आसा आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, अनि तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोशापात राजा भए।
25
यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। उनले इस्राएलमा दुई वर्ष राज्य गरे।
26
उनले याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई उनका पिताले गर्न लगाएका पापमा चलेर उनी तिनकै चालमा हिँडे।
27
इस्साखारको घरानाको अहीयाहका छोरा बाशाले तिनको विरुद्धमा षड्यन्त्र रचे। अनि नादाब र सारा इस्राएलले पलिश्ती सहरलाई घेरा हालेको बेला उनले तिनलाई प्रहार गरेर मारे।
28
यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि उनी राजा भए।
29
बाशाले शासन गर्न थाल्नसाथ तिनले यारोबामको सम्पूर्ण परिवारलाई मारे। तिनले यारोबामका सास फेर्ने एउटैलाई पनि बाँकी राखेनन्। तर याहवेहको सेवक शीलोनी अहीयाहद्वारा उहाँले भन्नुभएको वचनअनुसार तिनीहरू सबैलाई नष्ट गरिदिए।
30
योचाहिँ यारोबामले गरेको पाप र तिनले इस्राएललाई गर्न लगाएको पापको कारणले अनि तिनले याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाएको कारणले गर्दा नै भएको थियो।
31
नादाबको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
32
आसा र इस्राएलका राजा बाशाको बीचमा तिनीहरूका शासनकालभरि युद्ध भइरह्यो।
33
यहूदाका राजा आसाको तेस्रो वर्षमा अहीयाहका छोरा बाशा तिर्सामा सम्पूर्ण इस्राएलका राजा भए। तिनले चौबीस वर्ष राज्य गरे।
34
तिनले याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे; र यारोबामका मार्गहरूमा र उनका पापहरूमा हिँडे; जुन पापहरूद्वारा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22