bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 1
Hosea 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
1
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो:
2
जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्वासघात गरेर व्यभिचारको दोषी भएको छ।”
3
यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई।
4
अनि याहवेहले होशेलाई भन्नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु।
5
त्यस दिन म यिजरेलको बेँसीमा इस्राएलका सैन्य शक्तिलाई नाश पारिदिनेछु।”
6
गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्नुभयो, “त्यसलाई लो-रूहामा नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ।
7
तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्वरद्वारा बचाउनेछु।”
8
गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई।
9
तब याहवेहले भन्नुभयो, “त्यसलाई लो-अम्मी नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्वर होइनँ।
10
“तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्न सकिँदैन, न त गन्न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्वरका सन्तान’ भनिनेछ।
11
यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू फेरि भेला हुनेछन्; तिनीहरूले एक जना अगुवा नियुक्त गर्नेछन् र निर्वासनबाट फर्किएर आउनेछन्; किनकि त्यो दिन यिजरेलको लागि महान् हुनेछ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14