bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 11
Hosea 11
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
1
“इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ, मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।
2
तर मैले इस्राएललाई जति धेरै बोलाएँ, तिनीहरू मदेखि उति नै धेरै टाढा गए। तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए, र तिनीहरूले मूर्तिहरूलाई धूप बाले।
3
एफ्राइमलाई आफ्नो अँगालोमा राखेर, तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ; तर तिनीहरूले जानेनन्, कि मैले नै तिनीहरूलाई निको पारेको हुँ।
4
मैले तिनीहरूलाई मानवीय प्रेम र दयाको डोरीले बाँधेर डोर्याएँ; मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै मायाले उठाएर आफ्नो गालामा टसाएँ र तिनीहरूलाई खुवाउन म निहुरेँ।
5
“तिनीहरूले पश्चात्ताप गर्न अस्वीकार गरेको कारण के तिनीहरू इजिप्टमा फर्कनेछैनन् र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र?
6
तिनीहरूका सहरहरूमा तरवार घुम्नेछ; तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्, र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्।
7
मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्चय गरेका छन्। तिनीहरूले मलाई सर्वोच्च परमेश्वर भनी पुकारे तापनि म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।
8
“हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु? हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु? मेरो हृदय मभित्र बदलिएको छ; मेरो मनमा दया जागेको छ।
9
म मेरो भयानक क्रोध पोख्नेछैनँ; म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म त परमेश्वर हुँ, मानिस होइनँ; तिमीहरूका बीचमा रहने पवित्र परमेश्वर हुँ। म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।
10
तिनीहरूले याहवेहलाई पछ्याउनेछन्; उहाँ सिंहजस्तै गर्जनुहुनेछ। जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू काम्दै पश्चिमबाट आउनेछन्।
11
तिनीहरू इजिप्टबाट आउनेछन्, भँगेराहरूझैँ काँप्दै आउनेछन्, र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्। म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
12
एफ्राइमले मलाई झूटले, र इस्राएलले मलाई छलले घेरेको छ। यहूदाले अझै परमेश्वरको विरुद्धमा, विश्वासयोग्य पवित्र परमेश्वरको विरुद्धमा विद्रोह गर्छ।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14