bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 12
Hosea 12
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
1
एफ्राइमले बतासले आफ्नो पेट भर्छ; त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ; अनि झूट र हिंसा बढाउँछ। त्यसले अश्शूरसँग सन्धि गर्छ, र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।
2
याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ; उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ, र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।
3
उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्चा पक्रेको थियो; मानिस भएर पनि उसले परमेश्वरसित कुश्ती खेल्यो।
4
उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्यो। उहाँले उसलाई बेथेलमा भेट्नुभयो, र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,
5
अर्थात् याहवेह सेनाहरूका परमेश्वर हुनुहुन्छ, र याहवेह उहाँको नाम हो!
6
तर तँ आफ्ना परमेश्वरकहाँ फर्कनुपर्छ; प्रेम र न्याय कायम राख्, र सधैँ तेरा परमेश्वरको प्रतीक्षा गर्।
7
व्यापारीले छलको तराजु प्रयोग गर्छ, र त्यसले छल गर्न रुचाउँछ।
8
एफ्राइमले घमण्डसित भन्छ, “म अति धनी छु; म धनाढ्य भएको छु। मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”
9
“म याहवेह तेरा परमेश्वर हुँ, जसले तँलाई इजिप्टबाट ल्याएको हुँ; तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ म तँलाई फेरि पालहरूमा बस्न लगाउनेछु।
10
मैले अगमवक्ताहरूसँग कुरा गरेको छु, तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु; अनि तिनीहरूद्वारा दृष्टान्तहरू भनेको छु।”
11
के गिलाद दुष्ट हो? त्यहाँका मानिसहरू व्यर्थका छन्! के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्? तिनीहरूका वेदीहरू जोतिएका जमिनमा थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।
12
याकोब अराम देशमा भागेर गयो; इस्राएलले पत्नी पाउनलाई सेवा गर्यो, र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।
13
याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो; उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।
14
तर एफ्राइमले परमेश्वरलाई साह्रै रिस उठाएको छ; त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ; अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14