bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 14
Hosea 14
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
1
हे इस्राएल, याहवेह आफ्ना परमेश्वरकहाँ फर्की। तेरा पापहरू नै तेरा पतनका कारण हुन्!
2
आफूसँग वचनहरू लिएर याहवेहतिर फर्क। उहाँलाई भन: “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्, ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ।
3
अश्शूर देशले हामीलाई बचाउन सक्दैन; हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई ‘हाम्रा देवताहरू’ भन्ने छैनौँ; किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।”
4
“म तिनीहरूको पथभ्रष्टतालाई निको पार्नेछु, र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ।
5
म इस्राएलको निम्ति शीतजस्तो बन्नेछु; त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ;
6
त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ।
7
मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्; तिनीहरू अन्नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।
8
हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।”
9
बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। याहवेहका मार्गहरू ठिक छन्; धर्मी जनहरू त्यसैमा हिँड्छन्, तर विद्रोहीहरूले भने त्यसैमा ठक्कर खान्छन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14