bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 10
Hosea 10
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
1
इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो; त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो। जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो, तब त्यसले धेरै वेदीहरू बनायो; जब त्यसको देशको समृद्धि भयो, तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्यो।
2
तिनीहरूको हृदय छली छ; अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ। याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ; अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्ट पार्नुहुनेछ।
3
तब तिनीहरूले भन्नेछन्, “हामीले याहवेहलाई आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्। तर यदि हामीसित राजा भए तापनि तिनले हाम्रा निम्ति के गर्न सक्थे र?”
4
तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्, झूटो शपथ खान्छन् र सहमति जनाउँछन्; त्यसैले जोतिएको जमिनमा उम्रेका विषालु झारहरूझैँ अन्याय मौलाउँछ।
5
सामरियामा बसोबास गर्ने मानिसहरू बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्। र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्; तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए; त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्; किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।
6
त्यसलाई महान् राजाको निम्ति सौगातको रूपमा अश्शूर देशमा लगिनेछ। एफ्राइम अपमानित हुनेछ; इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।
7
सामरियाको राजा नष्ट हुनेछ, त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।
8
दुष्टताका अग्ला-अग्ला डाँडाहरू नष्ट पारिनेछन्; यो इस्राएलको पाप हो। काँडा र सिउँडीहरू बढ्नेछन्, र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्। त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!”
9
“हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ, र तिमीहरू त्यही पापमा छौ। के गेबामा भएका दुष्ट काम गर्ने मानिसहरू फेरि युद्धमा पर्दैनन् र?
10
म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु; तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।
11
एफ्राइम दाइँ गर्न रुचाउने तालिमद्वारा सधाइएकी कोरली हो; यसकारण म त्यसको सुन्दर काँधमाथि गह्रौँ जुवा हालिदिनेछु। म एफ्राइमलाई धपाउनेछु, यहूदाले चाहिँ जोत्नुपर्छ र याकोबले जमिन फुटाउनुपर्नेछ।
12
आफ्नो निम्ति धार्मिकताको बिउ छर! अचुक प्रेमको फसलको कटनी गर! र तिमीहरूका नजोतिएका जमिनलाई जोत; किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो; अनि उहाँ आउनुहुन्छ र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
13
तर तिमीहरूले दुष्टता रोपेका छौ, र तिमीहरूले पापको कटनी गरेका छौ; तिमीहरूले छलको फल खाएका छौ। अनि तिमीहरूले आफ्नै सामर्थ्य र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण
14
तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्; युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै बलिया किल्लाहरू नष्ट हुनेछन्; जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।
15
हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ; किनकि तेरो दुष्टता धेरै छ। त्यो दिन आएपछि, इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14