bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 4
Hosea 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
1
हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन, देशमा बस्नेहरूको विरुद्धमा याहवेहले दोष लगाउनुभएको छ: “यस देशमा विश्वासयोग्यता छैन, न त प्रेम नै छ; परमेश्वरलाई स्वीकार गर्ने कोही पनि छैन।
2
यहाँ श्राप, झूट र हत्या, चोरी र व्यभिचार मात्र छन्; तिनीहरूले सबै सीमाहरू नाघेका छन्; अनि रक्तपातमाथि रक्तपात गर्दछन्।
3
यसकारण देश उजाड भएको छ; अनि देशमा बस्ने सबै मानिसहरू नष्ट भएका छन्; जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू र समुद्रका माछाहरू समेत नष्ट भएका छन्।
4
“तर कुनै पनि मानिसले आरोप नलगाओस्, न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्; किनकि तिमीहरूका मानिसहरू पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।
5
तिमीहरू दिनरात ठक्कर खान्छौ; अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्कर खान्छन्। यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—
6
मेरा मानिसहरू ज्ञानको अभावले नष्ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण, म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु; किनभने तिमीहरूले आफ्ना परमेश्वरको आज्ञालाई वास्ता गरेका छैनौ; तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।
7
जति धेरै पुजारीहरू भए, तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे; तिनीहरूले आफ्ना महिमित परमेश्वरलाई घृणित कुराहरूसँग साटे।
8
तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्, र तिनीहरूका दुष्टताको स्वाद लिन्छन्।
9
अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्। म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।
10
“तिनीहरूले खानेछन्, तर सन्तुष्टि हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्त हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि तिनीहरूले
11
याहवेहलाई त्यागेका छन्; पुरानो दाखमद्य र नयाँ दाखमद्यले मेरा प्रजाको समझशक्ति नष्ट पारिदिन्छ।
12
मेरा मानिसहरूले काठको मूर्तिसित सल्लाह लिन्छन्, र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्। वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ; तिनीहरू आफ्ना परमेश्वरप्रति अविश्वासयोग्य छन्।
13
तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्; अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्; तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल र तारपीनको रूखमुनि बलिदान चढाउँछन्। यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।
14
“जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ; न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु; जसले व्यभिचार गर्छन्; किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्, र देवदासीहरूसँग बलिदान चढाउँछन्— समझशक्ति नभएका मानिसहरू नष्ट हुनेछन्!
15
“हे इस्राएल, तैँले व्यभिचार गरे तापनि यहूदाचाहिँ दोषी नठहरिओस्। “तिमीहरू गिलगालमा नजाओ; न त बेथ-आवेनमा उक्लेर जाओ। न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ!
16
इस्राएलका मानिसहरू हठी छन्; ढीट कोरलीझैँ छन्। तब कसरी याहवेहले तिनीहरूलाई चरनमा थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?
17
एफ्राइम मूर्तिसँग जोडिएको छ; त्यसलाई आफ्नै चालमा छोडिदेओ!
18
तिनीहरूको मद्य सकिए तापनि तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्; तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।
19
आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ; अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14