bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 8
Hosea 8
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
1
“तुरहीलाई आफ्नो ओठमा राख! शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ, किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्।
2
इस्राएलले मलाई पुकार गर्छ, ‘हे हाम्रा परमेश्वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’
3
तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारण शत्रुले त्यसलाई खेद्नेछ।
4
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्।
5
हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ! तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ। कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्?
6
तिनीहरू इस्राएलका हुन्! यो बाछा एक जना कारिगरले बनाएको हो; त्यो परमेश्वर हुँदै होइन। तर सामरियाको त्यो बाछा टुक्रा-टुक्रा पारिनेछ।
7
“तिनीहरूले बतास छर्दछन्, र आँधीबेहरीको कटनी गर्दछन्। गहुँको डाँठमा बाला छैन; त्यसबाट पिठो पनि निस्कनेछैन। यदि त्यसले अन्न फलाए तापनि विदेशीहरूले त्यसलाई निलिदिनेछन्।
8
इस्राएल निलिएको छ; अब त्यो राष्ट्रहरूको बीचमा कसैले नचाहने वस्तुजस्तै भएको छ।
9
किनकि तिनीहरू एकलै डुलिहिँड्ने जङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्। एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ।
10
तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनि अब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु। शक्तिशाली राजाको थिचोमिचोमा परेर तिनीहरू नाश हुन थाल्नेछन्।
11
“एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनि ती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्।
12
मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु; तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने।
13
तिनीहरूले मलाई बलिदानहरू चढाउँछन्, र मासुचाहिँ तिनीहरूले खान्छन्; त्यसैले याहवेह तिनीहरूसँग प्रसन्न हुनुहुन्न। यसकारण उहाँले तिनीहरूको दुष्टता सम्झनुहुनेछ, र तिनीहरूका पापको दण्ड दिनुहुनेछ: तिनीहरू फेरि इजिप्टमा फर्किजानेछन्।
14
इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सिएको छ, र महलहरू बनाएको छ; यहूदाले धेरै सहरहरूलाई सुरक्षित पर्खालले घेरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो पठाउनेछु, जसले तिनीहरूका गढहरूलाई भस्म पार्नेछ।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14