bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Hosea 6
Hosea 6
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
1
“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
2
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ।
3
हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
4
“हे एफ्राइम, म तँलाई के गरूँ? हे यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोझैँ र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
5
यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु; मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।
6
किनकि म बलिदान होइन, तर दया चाहन्छु, र होमबलिहरूभन्दा परमेश्वरलाई चिनेको म चाहन्छु।
7
आदमले जस्तै तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; तिनीहरूले त्यहाँ मप्रति विश्वासघात गरेका छन्।
8
गिलाद दुष्ट मानिसहरूको सहर हो, र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ।
9
जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; आफ्ना दुष्ट योजनाहरू पूरा गर्न तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।
10
मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, इस्राएल अपवित्र पारिएको छ।
11
“मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा, हे यहूदा, तेरो निम्ति पनि कटनीको समय तोकिएको छ।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14