bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 1
Amos 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 2 →
1
तको सहरबाट आएका गोठाला आमोसले भूइँचालो गएको दुई वर्षअघि भनेका कुरा यी नै हुन्। त्यस बेला यहूदाका राजा उज्जियाह र इस्राएलका राजा येहोआशको छोरा यारोबाम थिए। परमेश्वरले आमोसलाई इस्राएलबारे यी सबै कुरा प्रकट गर्नुभयो।
2
आमोसले भने, “सियोन पहाडबाट परमप्रभु गर्जनुहुन्छ, यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्कन्छ। गाई-वस्तु चर्ने चउरहरू सुकिजान्छन् र कर्मेल डाँडाका घाँसपात ओइलिजान्छन्।”
3
परमप्रभु भन्नुहुन्छ, “दमस्कसका मानिसहरूले घरिघरि पाप गरेका छ यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले गिलाद देशका मानिसहरूलाई निर्दयतापूर्वक फलामको दाँतेले पेलेर धुलोपिठो पारेका छन्।
4
यसर्थ म हजाएल राजाको दरबारमा आगो लगाईदिनेछु र बेन-हुदद राजाका किल्लाहरू भस्म पारिदिनेछु।
5
म दमस्कस सहरका ढोकाहरू ध्वंस पार्नेछु, आवनको बेसीका बासिन्दाहरू र बेथ-अदनको शासकलाई त्यहाँबाट हटाउनेछु। अरामवासीहरू कैद गरी कीर देशमा लगिनेछन्।”
6
परमप्रभु भन्नुहुन्छ, “गाजा सहरका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले एउटा समुदायका जम्मै मानिसहरूलाई कैद गरी लगे र एदोमीहरूकहाँ कमारा बनाई बेचिदिए।
7
यसर्थ म गाजा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु।
8
अश्दोद र अश्कलोन सहरका शासकहरूलाई म हटाउनेछु। म एक्रोन सहरलाई दण्ड दिनेछु र बाँकी रहेका सबै पलिश्तीहरू मारिनेछन्।”
9
परमप्रभु भन्नुहुन्छ, “टुरोसका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले एउटा समुदायका सबै मानिसहरूलाई कैद गरी एदोममा लगे र आपसमा बाँधेका मित्रताको सन्धि तोडे।
10
यसर्थ म टुरोसका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु।”
11
परमप्रभु भन्नुहुन्छ, “एदोमका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले आफ्ना इस्राएली दाजुभाइहरूको खेदो गरे र केही दया देखाएनन्। तिनीहरूको रिस दन्कि नै रह्यो र कहिल्यै मरेन।
12
यसर्थ म तेमान सहरमा आगो लगाइदिनेछु र बोज्राका किल्लाहरू भस्म पारिदिनेछु।”
13
परमप्रभु भन्नुहुन्छ, “अम्मोनका मानिसहरूले घरिघरि पाप गरेका छन् र म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले आफ्नो साँध-सिमाना बढाउन लडाइँ गर्दा गिलाद देशका गर्भवती स्त्रीहरूको पेट पनि चिरिदिए।
14
यसकारण म रब्बा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको दिनमा ठूलो हो-हल्ला हुनेछ र प्रचण्ड भूमरी चलेको दिनमा झैँ लडाइँ हुनेछ।
15
तिनीहरूका राजा र भारदारहरू कैद गरेर लगिनेछन्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9