bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 9
Amos 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
1
मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखें। उहाँले आज्ञा गर्नुभयो, “मन्दिरका खम्बाका टुप्पाहरूमा जोडले हिर्का र जम्मै सँघार हल्लिओस्, ती भाँचिऊन् र टुक्राहरू मानिसहरूका टाउकाहरूमा खसून्। बाँकी रहेका मानिसहरूलाई म लडाइँमा मार्नेछु। कुनै पनि भाग्न पाउनेछैन। एक जना पनि उम्कन पाउनेछैन।
2
तिनीहरूले खनेर पातालको गहिराइमा पुगे भने पनि म तिनीहरूलाई पक्रिल्याउनेछु। तिनीहरू स्वर्गै उक्ले भने पनि म तिनीहरूलाई तानेर ल्याउनेछु।
3
तिनीहरू कर्मेल डाँडाको टुप्पामा लुके भने पनि म तिनीहरूलाई खोजी निकाल्नेछु। मदेखि तिनीहरू समुद्रको तल्लो कुनामा लुके भने म तिनीहरूलाई डस्ने आज्ञा सर्पलाई दिनेछु।
4
शत्रुहरूले तिनीहरूलाई कैद गरी लगे भने पनि तिनीहरूलाई मार्ने आज्ञा दिनेछु। मैले तिनीहरूलाई नाश गर्ने दृढ सङ्कल्प गरेको छु, म तिनीहरूलाई सहायता गर्नेछैनँ।”
5
सार्वभौम, सर्वशक्तिमान् परमप्रभु परमेश्वरले पृथ्वी छुनुहुन्छ, त्यो थरथर काँप्दछ। पृथ्वीका बासिन्दाहरूले विलाप गर्दछन्। सारा संसार नील नदीझैँ उठ्ने र खस्नेछ।
6
परमप्रभुले स्वर्गमा आफ्नो बासस्थान बनाउनुहुन्छ र पृथ्वीमाथि आकाश मण्डलको छाना हाल्नुहुन्छ। उहाँले समुद्रबाट पानीलाई बोलाएर पृथ्वीमाथि खन्याउनुहुन्छ। उहाँको नाम परमप्रभु हो!
7
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरूको जति सोच-फिक्री गर्दछु, त्यति नै म कूशका मानिसहरूबारे पनि गर्दछु। मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएझैँ पलिश्तीहरूलाई कप्तोरबाट र अरामीहरूलाई कीरबाट निकालेर ल्याएँ।
8
म सार्वभौम परमप्रभुले पापी राज्य इस्राएलमाथि नजर राख्दछु। म त्यसलाई नाश गरेर पृथ्वीबाट मेटिदिनेछु। तर याकूबको सारा सन्तानलाई त होइन।
9
“म आज्ञा दिनेछु र इस्राएलका मानिसहरूलाई अन्न चाल्नीमा चालेझैँ चाल्नेछु। म तिनीहरूलाई जाति-जातिहरूका बीचमा निफनेर बेकामका सबैलाई छाँट्नेछु।
10
मेरा प्रजामध्ये जति पापीहरू छन्, तिनीहरू लडाइँमा मारिनेछन्। ‘परमेश्वरले कुनै नोक्सान हाम्रा छेउमा आउन दिनुहुन्न,’ भन्ने जति सबै मारिनेछन्।”
11
परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब भत्केर ध्वस्त भएको घरजस्तो दाऊदको राज्यलाई फेरि म खडा गर्नेछु। म त्यसका पर्खालहरू मर्मत गर्नेछु र फेरि ठड्याउनेछु। म त्यसलाई फेरि बनाएर अघि जस्तो अवस्था थियो, त्यस्तै पार्नेछु
12
र इस्राएलका मानिसहरूले एदोम देशका बाँकी रहेकाहरूलाई र अघि एकपल्ट मेरा अधीनमा रहेका जातिहरू सबैलाई जित्नेछन्।” परमप्रभु यसरी भन्नुहुन्छ र त्यो गर्नु नै हुनेछ।
13
परमप्रभु भन्नुहुन्छ, “ती दिनहरू आउँदै छन्, जब अन्न बटुल्ने कामभन्दा त्यसको उब्जनी चाँडै हुनेछ र दाखमद्य बनाउने कामभन्दा दाख चाँडो उब्जनेछ। पर्वतहरूबाट मीठो दाखमद्य चुहुनेछ र डाँडामाथि बहनेछ।
14
म मेरा प्रजालाई तिनीहरूका देशमा फर्काई ल्याउनेछु, तिनीहरूले आफ्ना भत्केका सहरहरू फेरि बनाउनेछन् र त्यहाँ बसोबास गर्नेछन्। तिनीहरूले दाखबारीमा दाख लाउनेछन् र दाखमद्य पिउनेछन्। तिनीहरूले बगैँचामा फलका रूखहरू लगाउनेछन् र तिनीहरूका फल खानेछन्।
15
मैले तिनीहरूलाई दिएको देशमा म मेरा प्रजालाई बसाल्नेछु र तिनीहरूलाई कसैले फेरि उखेल्नेछैन।” यसरी परमप्रभु परमेश्वर भन्नुहुन्छ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
All chapters:
1
2
3
4
5
6
7
8
9