bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 5
Amos 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 6 →
1
हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूको बारेमा गाएको यो विलापको गीत सुन!
2
कन्ये इस्राएल कहिल्यै उठ्न नसक्ने भई लोटेकी छे, त्यागिएर त्यो माटोमा परेको छ, त्यसलाई मद्दत गर्ने कोही छैन।
3
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “इस्राएलको एउटा सहरबाट हजार जना सिपाहीहरू लड्नलाई जान्छन्; तर सय जना मात्र बाँचेर फर्कन्छन्। अर्को सहरबाट सय जना लड्नलाई जान्छन् तर दश जना मात्र बाँचेर फर्कन्छन्।”
4
परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुहुन्छ, “मकहाँ फर्की आओ र तिमीहरू बाँच्नेछौ।
5
बेर्शेबामा पूजा गर्न नजाओ। मलाई बेथेलमा नखोज, बेथेल व्यर्थको हुनेछ। गिलगालमा नजाओ, त्यहाँका मानिसहरू देश निकालावास हुनेछन्।”
6
परमप्रभुकहाँ जाओ र तिमीहरू बाँच्नेछौ। नत्र त आगोको मुस्लोझैँ उहाँ योसेफको सन्तानमाथि खस्नुहुनेछ। आगोले बेथेलका मानिसहरूलाई भस्म पार्नेछ र आगो निभाउन कसैले पनि सक्नेछैन।
7
न्याय बिगार्ने र मानिसहरूका हक खोसी ठग्नेहरू, तिमीहरू नाश हुनेछौ।
8
परमप्रभुले तारामण्डल बनाउनुभयो, किरकिटी र मृगशिरा तारा-समूह बनाउनुभयो। उहाँले अँध्यारोलाई उज्यालो र दिनलाई रात बनाउनुहुन्छ। उहाँले समुद्रको पानीलाई बोलाएर पृथ्वीमाथि खन्याइदिनुहुन्छ। उहाँको नाम परमप्रभु हो।
9
उहाँले बलियाहरू र तिनका किल्लाहरू नाश गर्नुहुन्छ।
10
जसले अन्यायको विरोध गर्छ र अदालतको अघि साँचो बोल्छ, तिनीहरूलाई तिमीहरूले घृणा गर्छौ।
11
तिमीहरूले गरीबलाई सताएका छौ र तिनीहरूका अन्न लुटेका छौ। यसकारण आफूले बनाएका पत्थरका सुन्दर भवनहरूमा तिमीहरू बास गर्न पाउनेछैनौ र आफूले लाएका सुन्दर दाखबारीको दाखमद्य पिउन पाउनेछैनौ।
12
तिमीहरूको पाप यति डरलाग्दो छ र यति साह्रो अपराध तिमीहरूले गरेका छौ भन्ने कुरा मलाई थाहा छ। तिमीहरू असल मानिसहरूको खेदो गर्दछौ, घुस लिन्छौ र न्याय खोज्न न्यायालयमा आएका गरीबहरूलाई बाधा दिँदछौ।
13
यसकारण यस्तो खराब समयमा चुपचाप भएर बस्नु नै बुद्धिमानी कुरा हो।
14
भलाइ गर्ने, खराब नगर्ने सङ्कल्प गर र तिमीहरू बाँचौला। तब तिमीहरूले दाबी गरेअनुसार परमप्रभु सर्वशक्तिमान् परमेश्वर साँच्चै तिमीहरूका साथमा रहनुहनेछ।
15
दुष्टतालाई घृणा गर, भलाइलाई प्रेम गर र न्यायालयमा निष्पक्ष न्याय गर। यस जातिका मानिसहरू, जो अझै बाँचिरहेका छन्, तिनीहरूमाथि सायद परमप्रभुले कृपा गर्नुहुनेछ।
16
यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “सहर-सहरका बाटाहरूमा रुवावासी र शोक-विलाप हुनेछ। मरेकाहरूका लागि शोक गर्न विलापको गीत गाउनेहरूका साथ किसानहरूलाई पनि बोलाइनेछन्।
17
सारा दाखबारीमा रुवावासी हुनेछ र यी सबै कुराहरू हुनेछन् किनभने म तिमीहरूलाई दण्ड दिन आउनेछु।” परमप्रभु बोल्नुभएको छ।
18
हाय! हाय तिमीहरू, जो परमप्रभुको दिन पर्खिरहन्छौ। त्यस दिनमा तिमीहरूलाई के लाभ हुन्छ? तिमीहरूको लागि त्यो दिन अँध्यारो हुनेछ, उज्यालो होइन।
19
त्यो दिन त कुनै मानिस सिंहबाट भाग्दा भालुको मुखमा परेको जस्तो पो हुनेछ। अथवा कुनै मानिस घर आएर भित्तामा हात राख्दा साँपले डसेको जस्तो हुनेछ!
20
परमप्रभुको दिन उज्यालो होइन, अँध्यारो हुनेछ। त्यो त पटक्कै घाम नलागेको उराठलाग्दो दिन हुनेछ।
21
परमप्रभु भन्नुहुन्छ, “म तिमीहरूका धार्मिक चाड-बाडलाई घृणा गर्दछु। म ती हेर्नै सक्दिनँ।
22
तिमीहरूले मलाई होमबलि र अन्नबलि चढाउँदा म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले मलाई बलि चढाउन ल्याएका पोसेर मोटाएका पशुहरू म ग्रहण गर्नेछैनँ।
23
गीत गाएर हल्ला गर्न बन्द गर। म तिम्रो वीणाको सोर सुन्न चाहन्नँ।
24
बरु त्यसको सट्टा न्याय खोलाझैँ र धार्मिकता कहिल्यै नसुक्ने नदीझैँ बगून्।
25
“हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूलाई चालीस वर्ष उजाड-भूमिबाट डोर्याएर ल्याउँदा के तिमीहरूले बलिदान र भेटी चढायौ?
26
तर अब तिमीहरूले पुजेका मूर्तिहरू अर्थात् तिमीहरूका राज-देव सिक्कूत र तिमीहरूका तारा-देव कीयूनलाई उठाएर तिमीहरू हिँड्नुपर्नेछ।
27
यसकारण म तिमीहरूलाई दमस्कसभन्दा पनि टाढा देशमा बन्दी बनाएर लैजानेछु।” यसरी परमप्रभु भन्नुहुन्छ, जसको नाम सर्वशक्तिमान् परमेश्वर हो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9