bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 2
Amos 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 3 →
1
परमप्रभु भन्नुहुन्छ, “मोआबका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। एदोमका राजाका हड्डीहरू जलाएर खरानी बनाई तिनीहरूले मरेको राजाको समेत अपमान गरे।
2
यसकारण म मोआब देशमा आगो लगाइदिनेछु र किर्योतका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको होहल्ला, सेनाको सोर र तुरहीको आवाजबीच मोआबका मानिसहरू मर्नेछन्।
3
त्यस देशका शासक र भारदारहरू सबैलाई म नाश गर्नेछु।”
4
परमप्रभु भन्नुहुन्छ, “यहूदाका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले मेरो व्यवस्थालाई हेला गरे र मेरा आज्ञापालन गरेनन्। तिनीहरूका पिता-पुर्खाहरूले पुजेकै देवी-देवताहरूले तिनीहरूलाई भर्माएका छन्।
5
यसकारण म यहूदामा आगो लगाइदिनेछु र यरूशलेमका किल्लाहरू भस्म पारिदिनेछु।”
6
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरूले घरिघरि पाप गरेका छन् र त्यसको निम्ति म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। आफूले लिएको ऋण तिर्न नसक्ने सोझा मानिसहरू र एक जोर जुत्ताको दामसम्म चुकाउन नसक्ने गरीब मानिसहरूलाई तिनीहरूले कमारा बनाई बेचिदिन्छन्।
7
तिनीहरूले गरीबहरूमाथि थिचोमिचो गर्दछन् र अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। बुबा र छोरो दुवै जना एउटै केटीसित सुत्दछन् र त्यसरी मेरो पवित्र नाममा कलङ्क लाउँदछन्।
8
प्रत्येक आराधना-स्थलमा दरिद्रहरूबाट अन्यायसाथ बन्धक लिइएका वस्त्रहरूमाथि तिनीहरू सुत्दछन्। आफ्ना देवस्थानमा तिनीहरू जरिमानास्वरूप लिइएका दाखमद्य पिउँदछन्।
9
“हे मेरा प्रजा, मैले तिमीहरूकै खातिर एमोरीहरूलाई पूरा नाश गरेको थिएँ। ती एमोरीहरू देवदारुका रूखहरूझैँ अग्ला र फलाँटका रूखहरूझैँ बलिया थिए तर मैले तिनीहरूलाई टुप्पादेखि जरैसम्म नाश पारें।
10
मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्याएँ, चालीस वर्षसम्म उजाड-स्थानको बीचबाट डोर्याएँ र एमोरीहरूको देश तिमीहरूको निज देश बनाउनलाई दिएँ।
11
मैले तिमीहरूका छोराहरूबाट अगमवक्ताहरू र युवाहरूबाट नाजिरीहरू चुनें। हे इस्राएलका मानिसहरू हो, के यो साँचो कुरा होइन र? म परमप्रभु, बोलेको छु।
12
तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन लगायौ र अगमवक्ताहरूलाई मेरा वचन बोल्न दिएनौ।
13
यसकारण हेर, अब म तिमीहरूलाई अन्नले लादेको गाडाले झैँ जमिनमा किचिदिनेछु।
14
वेगले दगुर्नेहरू पनि उम्कन सक्नेछैनन्, बलियाहरूको बल पनि काम लाग्नेछैन र योद्धाहरूले पनि आफैंलाई बचाउन सक्नेछैनन्।
15
धनु-काँड चलाउनेहरू खडा रहन सक्नेछैनन्, वेगले दगुर्नेहरू उम्कनेछैनन् र घोडामा सवार हुनेहरूले आफ्ना प्राण बचाउन सक्नेछैनन्।
16
त्यस दिन सुरवीरहरू पनि हतियार छोडेर भाग्नेछन्।” परमप्रभु बोल्नुभएको छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9