bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 3
Amos 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 4 →
1
यसैले, हे इस्राएलका मानिसहरू हो, परमप्रभुको यो सन्देश तिमीहरूलाई छ, सुन। तिमीहरूका सारा जातिलाई परमेश्वरले मिश्रबाट निकालेर ल्याउनुभएको हो र यी कुरा तिमीहरूबारे नै छन्,
2
“पृथ्वीका सबै जातिहरूमध्ये मैले तिमीहरूलाई मात्र चुनें। यसैकारण तिमीहरूका अघोर पापका निम्ति म तिमीहरूलाई दण्ड दिने नै छु।”
3
के दुई जना मानिसले आपसमा मतो नगरी सँगसँगै हिँड्न थाल्छन् र?
4
के जङ्गलमा शिकार नभेटी सिंह गर्जन्छ र? के शिकार फेला नपारेको भए जवान सिंह आफ्नो गुफामा गर्जन्छ र?
5
के पासोमा चारो नराखे चरा त्यसमा पर्छ र? पासोमा केही नपरीकनै के त्यो आफैं उछिट्टिन्छ र?
6
के सहरमा लडाइँको तुरही फुकेपछि कोही मानिस नडराई बस्न सक्छ र? के कुनै सहरमा परमप्रभुले नपठाईकन विपत्ति आउँछ र?
7
सार्वभौम परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगरी केही काम गर्नुहुन्न।
8
सिंह गर्जंदा को डराउँदैन र? सार्वभौम परमप्रभु बोल्नुभएपछि उहाँको सन्देश घोषणा नगरी को बस्न सक्छ र?
9
मिश्र र अश्दोदका ठूल्ठूला महलहरूमा बास गर्नेहरूलाई यो घोषणा गर, “सामरिया डाँडाहरूमा भेला भएर त्यहाँ भएका ठूलो गडबडी र अत्याचारहरू हेर।”
10
परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरूले उपद्रव र हिँसाद्वारा लुटेका थोकहरूले आफ्ना भवन भर्दछन्। तिनीहरूले इमानदार काम गर्न जान्दैनन्।
11
यसकारण शत्रुले तिनीहरूको देश घेर्नेछ, सुरक्षाका किल्लाहरू नाश पार्नेछ र तिनका भवनहरू लुट्नेछ।”
12
परमप्रभु भन्नुहुन्छ, “जसरी गोठालोले हराएको भेडा खोज्न जाँदा सिंहले खाइसकेको भेडाको दुई वटा खुट्टा वा एक टुक्रा कान मात्र भेट्छ, त्यसरी नै अहिले खाटमा आरामसँग सुत्ने सामरियाका मानिसहरू थोरै मात्र बाँच्नेछन्।”
13
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “अब तिमीहरूले सुन र याकूबका सन्तानको विरुद्ध साक्षी देओ।
14
मैले इस्राएलका मानिसहरूलाई पापको निम्ति सजाय दिएको दिनमा बेथेल सहरका वेदीहरू नाश पार्नेछु। वेदीका कुना-कुनाका चोसाहरू भाँचिएर भूइँमा खस्नेछन्।
15
हिउँदमा र गर्मीका दिनमा बास गर्ने दुवै थरीका घरहरू म नष्ट पार्नेछु। हात्तीका दाँतले सिंगारेका भवनहरू ध्वंस हुनेछन् र ठूल्ठूला भवनहरू भत्काइनेछन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9