bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 8
Amos 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 9 →
1
परमप्रभु परमेश्वरबाट मैले अर्को एउटा दर्शन पाएँ। त्यसमा मैले एक डालो पाकेको फल देखें।
2
परमप्रभुले सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “एक डालो पाकेको फल।” परमप्रभुले मलाई भन्नुभयो, “मेरो प्रजा इस्राएलको अन्त आइपुग्यो। तिनीहरूलाई सजाय दिने कुराबारे म अब फेरि मेरो मन बदल्नेछैनँ।
3
त्यस दिनमा राजमहलमा गाइने गीतहरू विलापको स्वरमा फेरिनेछन्। चारैतिर लाशको थुप्रो लाग्नेछ। ती लाशहरू चुपचाप बाहिर फालिनेछन्।”
4
हे दरिद्रलाई कुल्चीमिल्ची गर्नेहरू र देशका गरीबलाई नाश गर्नेहरू हो! यो कुरा सुन।
5
तिमीहरू आफ्ना मन-मनमा भन्दछौ, “कहिले औंसी बित्छ र हामी अन्न बेच्न पाऔँला? कहिले विश्रामको दिन समाप्त हुने हो र हामी गहुँ किनबेच सुरु गर्न सकौंला? हामी धेरै दाम लिन, झूटा ढक-तराजु चलाउन र नाप-तौलमा घटबढ गरेर ग्राहकहरूलाई ठग्न सक्नेछौं।
6
भूइँमा खसेको गहुँ उठाएर धेरै मूल्यमा बेच्न सक्नेछौं। आफ्नो ऋण तिर्न नसक्ने वा एक जोर जुत्ताको दाम पनि तिर्न नसक्ने गरीबलाई किनेर कमारा बनाउनेछौं।”
7
इस्राएलका परमेश्वर परमप्रभुले यस्तो शपथ खानुभएको छ, “म तिनीहरूका दुष्कर्म कहिले भुल्नेछैनँ।
8
यसर्थ पृथ्वीमा भूइँचालो जानेछ र देशका सबैले विलाप गर्नेछन्। सम्पूर्ण देश हल्लाइनेछ। नील नदीझैँ त्यो उठ्नेछ र खस्नेछ।
9
समय आउँदै छ जब म मध्यदिनमा सूर्य अस्ताउन लगाउनेछु र दिउँसै पृथ्वीमा अँध्यारो हुनेछ। म सार्वभौम परमप्रभुले बोलेको छु।
10
तिम्रा चाड-बाड शोकमा र तिम्रा आनन्दका गीतहरू विलापमा परिवर्तन हुनेछन्। म तिमीहरूलाई कपाल खौरन र भाङ्ग्राका लुगा लाउन लगाउनेछु। तिमीहरू एकलौटे छोरोको निम्ति विलाप गर्ने आमा-बुबाजस्ता हुनेछौ। त्यो दिन ज्यादै विषादको दिन हुनेछ।
11
“समय आउँदै छ, जब देशमा म अनिकाल ल्याउनेछु। मानिसहरू भोकाउनेछन् तर भोजनको निम्ति होइन। तिनीहरू तिर्खाउनेछन् तर पानीको निम्ति होइन। तर परमप्रभुको वचनको निम्ति तिनीहरू भोकाउने र तिर्खाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु।
12
मानिसहरू एउटा समुद्रदेखि अर्को समुद्र र उत्तरदेखि पूर्वसम्मै घुम्नेछन् र सबै ठाउँहरूमा परमप्रभुको वचनको खोजी गर्नेछन् तर भेट्टाउनेछैनन्।
13
त्यस दिन सुन्दरी तरुणीहरू र तरुण युवकहरू पनि तिर्खाले मुर्छापर्नेछन्।
14
सामरियाका मूर्तिहरूका नाममा किरिया खानेहरू, जसले ‘दानको देवता’ वा ‘बेर्शेबाको देवताको’ नाममा भन्दै किरिया खान्छन्, तिनीहरू लोट्नेछन् र फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
Recommended Reading
Commentary
Amos Commentaries
→
Devotional
Amos Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→