bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 4
Amos 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 5 →
1
हे सामरियाका नारीहरू हो, तिमीहरूले सुन। तिमीहरू, जो बाशानका राम्ररी घाँस खाएका गाईहरूझैँ मोटाएका छौ, दरिद्रहरूलाई लुट्दछौ, गरीबहरूलाई सताउँदछौ र आफूले पिउनलाई लोग्नेसित मद्य मागिबस्छौ,
2
सार्वभौम परमप्रभु पवित्र हुनुहुन्छ र उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ, “त्यो समय अवश्य आउनेछ, जब तिमीहरू अङ्कुसेद्वारा घिस्स्याइनेछौ। तिमीहरू प्रत्येक बल्छीमा परेका माछाझैँ तानिनेछौ।
3
छेवैको दुलो परेको पर्खालसम्म तिमीहरू घिस्याएर लगिनेछौ र त्यहाँबाट बाहिर फ्याँकिनेछौ।”
4
परमेश्वर परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो! तिमीहरूले पाप गर्नैपर्छ, होइन? त्यसो भए बेथेलका देव-स्थानमा जाओ र त्यहाँ पाप गर। गिलगालमा जाओ र त्यहाँ सकेसम्म पाप गर। त्यहाँ हरेक बिहान बलि चढाउने पशुहरू लैजाओ र तीन-तीन दिनमा आ-आफ्ना दशांश चढाओ।
5
धन्यवाद बलिको रूपमा खमिर हालेको रोटी चढाओ र आफ्ना इच्छाले चढाएका थप भेटीहरूबारे घमण्डले फुल्दै अरूलाई सुनाओ। त्यस्तै कुरा गरी हिँड्न तिमीहरू मन पराउँछौ, होइन र?
6
“तिमीहरूका सबै सहरहरूमा अनिकाल ल्याएर तिमीहरूलाई भोकै पार्ने म नै हुँ, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
7
तिमीहरूको अन्न काट्ने बेला हुनुभन्दा तीन महिनाअघि जब खेतमा पानीको ठूलो खाँचो थियो, तब मैले वर्षा बन्द गरिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाइदिएँ तर अर्को सहरमा पठाइनँ। एउटा खेतमा पानी पर्यो तर अर्कोमा परेन र खेत सुखा भयो।
8
तिर्खाले छट्पटिएर मानिसहरू पानी पाउने आशामा एउटा सहरदेखि अर्को सहरतिर गए तर कहीँ पनि तिनीहरूको तिर्खा मेटिएन। तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
9
“मैले तिमीहरूका बाली सुकाएर नाश पार्न तातो हावा पठाएँ। सलहहरूले तिमीहरूका सबै बगैँचा, दाखबारी, नेभारा र जैतुनका रूखहरू स्वाहा पारें, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
10
“मैले मिश्रदेशमा झैँ तिमीहरूका बीचमा महामारी पठाएँ। तिमीहरूका ठिटाहरूलाई लडाइँमा मारें र घोडाहरू खोसेर लगें। छाउनीमा सडेका लाशहरूका गन्धले तिमीहरूका नाक थुनियो, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।”
11
परमप्रभु भन्नुहुन्छ, “मैले सदोम र गमोरालाई नाश पारेझैँ तिमीहरूमध्ये कति जनालाई नाश पारें। बाँकी रहेकाहरूचाहिँ आगोको भट्टीबाट निकालेको अगुल्टोझैँ भए, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
12
यसकारण हे इस्राएलका मानिसहरू हो! म तिमीहरूलाई दण्ड दिनेछु। म त्यसो गर्छु नै। तिमीहरू मेरो न्यायको सामना गर्न तयार होओ।”
13
पर्वतहरू बनाउनुहुने र बतास सृजनुहुने परमेश्वर नै हुनुहुन्छ। उहाँले आफ्ना विचार मानिसहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले नै दिनलाई रात पार्नुहुन्छ। उहाँले पृथ्वीका उच्च-उच्च ठाउँहरूमा आफ्ना पैतालाले टेक्नुहुन्छ। ‘परमप्रभु सर्वशक्तिमान् परमेश्वर’ उहाँको नाम हो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9