bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Amos 7
Amos 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 8 →
1
परमप्रभु परमेश्वरबाट मैले एउटा दर्शन पाएँ। राजाको भागमा पर्ने घाँस काटिसकेपछि नयाँ घाँस पलाउन लाग्दा उहाँले एक हुल सलह सृष्टि गर्नुभएको मैले देखें।
2
सलहहरूले देशका सबै हरिया घाँसपात खाइसकेको मैले देखें र मैले भनें, “सार्वभौम परमप्रभु, आफ्ना प्रजालाई क्षमा गर्नुहोस्! तिनीहरू कसरी बाँच्न सक्छन्? तिनीहरू साह्रै साना र दुर्बल छन्।”
3
तब परमप्रभुले आफ्नो मन बदल्नुभयो र भन्नुभयो, “त्यसो भए तैँले देखेको दर्शन पूरा हुनेछैन।”
4
परमप्रभु परमेश्वरबाट मैले अर्को एउटा दर्शन पाएँ। उहाँले आफ्ना प्रजालाई आगोद्वारा सजाय दिन तयारी गर्न लाग्नुभएको देखें। आगोले महासागर सुकाइदियो र जमिनमा आगो लाग्न सुरु भयो।
5
तब मैले भनें, “परमप्रभु परमेश्वर, थामिनुहोस्! कसरी तपाईंका प्रजा बाँच्न सक्छन्? तिनीहरू साह्रै साना र दुर्बल छन्।”
6
परमप्रभुले फेरि आफ्नो मन बदल्नुभयो र भन्नुभयो, “लौ त्यसो भए यो पनि हुनेछैन।”
7
परमप्रभुबाट मैले अर्को एउटा दर्शन पाएँ। मैले उहाँलाई साहुल लगाएर बनाएका भित्तानिर हातमा साहुल लिएर उभिरहनुभएको देखें।
8
उहाँले मलाई सोध्नुभयो, “आमोस, तैँले के देख्दैछस्?” मैले उहाँलाई, “एउटा साहुल देख्दै छु,” भनेर जवाफ दिएँ। तब उहाँले भन्नुभयो, “मेरो प्रजा इस्राएललाई म साहुल लाउँदै छु। तिनीहरूलाई सजाय दिने कुरामा अब मेरो मन बदल्नेछैन।
9
इसहाकका सन्तानले पूजा गरेका पूजा-स्थलहरू ध्वंस हुनेछन्। इस्राएलका पवित्र स्थलहरू भत्काइनेछन्। म यारोबाम राजाको वंशलाई समाप्त गर्नेछु।”
10
तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामकहाँ यस्तो खबर पठाए, “आमोसले मानिसहरूका बीचमा तपाईंको विरुद्धमा जाल गरिरहेको छ। त्यसले भनेको कुरा देशले सहन सक्दैन।
11
त्यसले यसो भन्दै छ, ‘यारोबाम लडाइँमा मर्नेछन् र इस्राएलका मानिसहरू कैदी बनाइएर देशबाट निकालावास गरिनेछन्’।”
12
तब अमस्याहले आमोसलाई भने, “हे अगमवक्ता, अब भयो! यहूदामा फर्क र त्यहाँ तिम्रो अगमवाणी कह। त्यहाँका मानिसले तिमीलाई ज्याला देऊन्।
13
अब यहाँ बेथेलमा अरू धेरै अगमवाणी नभन। यो त राजाको पूजास्थल हो, राष्ट्रको मन्दिर हो।”
14
आमोसले जवाफ दिए, “म ज्यालाको लागि अगमवाणी भन्ने खालको अगमवक्ता होइनँ, म गोठालो हुँ र नेभाराका रूखहरू स्याहार्ने काम पनि गर्दछु।
15
परमप्रभुले मलाई गोठाले कामबाट निकाल्नुभएर इस्राएलका मानिसहरूलाई अगमवाणी भन्न आज्ञा गर्नुभयो।
16
अब परमप्रभुको वचन सुन। इस्राएलको विरुद्धमा अगमवाणी नभन र इसहाकको घरानाको विरुद्ध बोल्न बन्द गर भनी तिमी मलाई भन्छौ।
17
यसैकारण अमस्याह, तिमीलाई परमप्रभु भन्नुहुन्छ, ‘तिम्री स्वास्नी सहरमा एउटी वेश्या हुनेछे र तिम्रा छोरा-छोरीहरू लडाइँमा मारिनेछन्। तिम्रो जमिन भाग लाएर अरूहरूले बाँडिलिनेछन् र तिमी आफैंचाहिँ मूर्तिपूजा गर्नेहरूको एउटा देशमा मर्नेछौ। अनि इस्राएलका मानिसहरूचाहिँ निश्चय आफ्ना देशबाट टाढा कैद गरी देश निकालावास गरिनेछन्’।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9